काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।
जेनजीको आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर पनि आगजनी गरेका छन्।
२०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ प्रधानमन्त्री ओलीले राजीनामा दिँदै भनेका छन्।
प्रधानमन्त्रीको राजीनामा

