icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

सुपा देउराली साँस्कृतिक समाजद्वारा आयोजित देउसी–भैलो कार्यक्रम इन्द्रेणीमा भव्यताका साथ सम्पन्न

सुभाष ज्ञवाली काठमाडौं –तिहारको अवसर पारेर अर्घाखाँचीबाट काठमाडौंमा बसोबास गर्दै आएका संगीतकर्मीहरूको संस्था सुपा देउराली साँस्कृतिक समाजले आयोजना गरेको देउसी–भैलो कार्यक्रम इन्द्रेणीमा भव्य र सव्यतापूर्वक सम्पन्न भएको छ । विभिन्न भेषभूषा, बाजागाजा र फूलमालासहित कलाकारहरूले प्रस्तुत गरेको देउसी–भैलो, सोरोठी, मारुनी, ख्याली, कौडा र झ्याउरे गीत–नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । अर्घाखाँची र पश्चिम नेपालको सांस्कृतिक रीतिरिवाज झल्काउने विविध प्रस्तुतिहरूले कार्यक्रममा उत्सवमय माहोल सिर्जना गरेका थिए ।

Workplace

उक्त कार्यक्रमको संयोजन समाजसेवी सुभाष ज्ञवालीले गर्नुभएको थियो भने वरिष्ठ गायक मोतिराज खनालको संयोजकत्वमा गायन प्रस्तुति गरिएको थियो । गायक खनालसहित गायिका पुष्पा शाह, गीता खनाल, किरण पन्थी, तारापती पोख्रेल, कोपिला देउजा, बिष्णु खनाल र रामप्रसाद पोख्रेलको दमदार प्रस्तुति रहेको थियो । संगीत पक्षको व्यवस्थापन वरिष्ठ कलाकार शिव शाहले गर्नुभएको थियो भने बाध्यबादनमा शिव शाह, धु्रव बस्नेत र किस्मत शाहको सहभागिता रहेको थियो । नृत्य व्यवस्थापन सञ्जिला सुमित्रा र टेकराज पोख्रेलले सम्हालेका थिए ।

नृत्य कलाकार कृष्टिना शाह, प्रमिता पोख्रेल, प्रविना घिमिरे, अस्मिता पौडेल, कौसिला भुसाल, शिल्पा पाण्डे र सावित्रा भुसालले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । मादल तथा नृत्यमा छबिलाल बेलबासे, तिलका भुसाल र बाबुराम रायमाझी सहभागी थिए भने पुरुसिँगे नाचमा मुकुन्द भुसाल र राजेन्द्र जिसीले आकर्षक प्रस्तुति दिएका थिए । सामग्री तथा कार्यक्रम व्यवस्थापन ऋषि भुसाल, सबिन खड्का, धु्रव बस्नेत, छबिलाल बेलबासे, चिरञ्जीवी खनाल र मुकुन्द भुसालले गरेका थिए । आर्थिक व्यवस्थापन मुकुन्द घिमिरे, काशिराम घिमिरे, अनिल पौडेल र राजेन्द्र जिसीले सम्हालेका थिए ।

सहायक कलाकारहरू मधु पौडेल, धनेन्द्र बस्नेत, कृष्ण भुसाल, भानु खनाल, डीआर पोख्रेल, सन्तोष पन्थी, सौगात खनाल, आरएन पौडेल, शंकर न्यौपाने, जयराम पोख्रेल, गोविन्द प्रसाद घिमिरे, नारायण प्रसाद घिमिरे, आशिष पौडेल, हरी रायमाझी, सुमित राना मगर र एकराज भट्टलगायत सहभागी थिए । समाजसेवी ऋषि भुसालले सुपा देउराली साँस्कृतिक समाजको देउसी–भैलो कार्यक्रम सव्य र भव्य रूपमा सम्पन्न भएको बताए ।

गायक तथा सर्जक मोतिराज खनालले अर्घाखाँचीको कला संस्कृतिको जगेर्ना गर्नु समाजको मुख्य उद्देश्य रहेको बताउँदै निरन्तर यस प्रकारका सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जनाए । गायक तथा मोडल सबिन खड्काले परम्परा र रीतिरिवाजको संरक्षणमा सबैको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे । वरिष्ठ पत्रकार मुकुन्द भुसालले आगामी वर्षहरूमा पनि यस्तै उत्साहका साथ सांस्कृतिक पर्व मनाउँदै कलाकारहरूको प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमले काठमाडौंमा बसोबास गर्ने अर्घाखाँचीवासी र पश्चिम नेपाली समुदायबीच आपसी एकता, सांस्कृतिक पहिचान र मौलिक परम्पराको जगेर्ना गर्ने उद्देश्य पूरा गरेको आयोजकहरूले जनाएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?