भारतमा पनि चीनमा जस्तैगरी आफ्ना अडान राख्छौं नेपाल सरकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखकसहितका उच्च सरकारी अधिकारीहरूले स्वागत गरेका थिए ।

Workplace

भ्रमणबारे जानकारी दिन परराष्ट्र सचिव अमृतबहादुर राईले पत्रकार सम्मेलन गरे । उनले चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले गरेका भेटवार्ता, छलफल र सहमतिबारे संक्षेपमा जानकारी गराउँदै अब सरकारले भारत भ्रमणको तयारी गर्ने बताएका छन् ।

‘अब भारतको तयारीमा लाग्छौं ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा सचिव राईले, “निश्चितै रुपमा” भन्ने जवाफ दिएका थिए । उनले नेपालले सधैं आफ्ना प्राथमिकता र अडानहरूको तयारी गरिरहने बताउँदै, “चीनमा जसरी आफ्ना कुराहरू प्रधानमन्त्री ओलीले राख्नुभयो, भारतमा पनि त्यसरी नै आफ्ना कुरा राख्नुहुन्छ,” भने ।

उनका अनुसार नेपाल सधैं आफ्नो परराष्ट्र नीतिको आधारभूत सिद्धान्तअनुसार अघि बढ्नेछ । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘एक चीन सिद्धान्त’ प्रति नेपालको अडानलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको जानकारी पनि सचिव राईले दिएका छन् । प्रधानमन्त्री ओलि अब भारत भ्रमण गर्दै गर्दा के सिमा विवादको मुद्दा टुङ्गिन्छ या बढ्छ भने धेरैको गुनासो र प्रतीक्षा समेत रहेको पाइन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?