“नक्खु कारागार घटनामा मेरो भूमिका तोडमोड गरिएको छ : मनिष झा”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले आफू नक्खु कारागारमा आगजनी रोक्न खोजेको दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको तीन सेकेन्डको भिडियोलाई अतिरञ्जित गरेर प्रस्तुत गरिएको आरोप लगाएका छन् ।

Workplace

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने बाहिर निस्किएका थिए । सो क्रममा झा संलग्न भएको देखिने भिडियो सार्वजनिक भएपछि उनले मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आफूलाई गलत ढंगले चित्रित गरिएको स्पष्ट पारे ।

- Advertisement -Workplace

“मलाई राजनीतिबाट हटाउने षड्यन्त्र स्वरूप भिडियो क्लिपलाई तोडमोड गरेर प्रस्तुत गरिएको हो । अपराधी मानसिकताका केही व्यक्तिले मेरो छवि धुमिल पार्न खोजेका छन्,” झाले भने । उनले घटनाबारे निष्पक्ष छानबिन गर्नसमेत माग गरेका छन् ।

उक्त बैठकमा हालै पार्टीबाट राजीनामा दिएकी केन्द्रीय सदस्य सुमना श्रेष्ठलगायतबारे पनि छलफल भएको उनले जानकारी दिए । “स्थापनाकालदेखि पार्टीमा योगदान पुर्‍याउँदै आएकी सुमना श्रेष्ठको भूमिकालाई रास्वपाले सम्मान गर्दछ,” प्रवक्ता झाले बताए ।

श्रेष्ठले पार्टीमा रहेर अघि सारेका अभ्यासलाई सम्बोधन गर्न नसक्दा राजीनामा दिनुपरेको झाको भनाइ छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?