समानुपातिक सांसदलाई ‘देशव्यापी पहरेदार’ बन्न प्रधानमन्त्री शाहको निर्देशन

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई देशभरका उत्पीडित समुदायका सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ।
  • उहाँले सांसदहरूलाई राष्ट्रिय मूलधार र समुदायबीच सेतु बनी आफ्ना क्लस्टरका मुद्दा उठाउन तथा राष्ट्रिय कानुन निर्माणमा लाग्न निर्देशन दिनुभयो।
  • प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्य र समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिँदै डिजिटल माध्यम खुला रहने बताउनुभयो।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एक क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित तथा पछाडि पारिएका समुदाय (क्लस्टर) का सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ।

Workplace

प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायबीचको सेतु का रूपमा व्याख्या गर्नुभयो।

- Advertisement -Workplace

उहाँले सांसदहरूलाई सम्बोधन गर्दै भन्नुभयो,

“तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस्। प्रत्यक्ष निर्वाचित सांसदहरू एउटा क्षेत्रमा सीमित हुन्छन्, तर तपाईंहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ।”

प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रभावकारी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

छलफलमा उठेका तात्कालिक विषयहरूमा आवश्यक फलोअप गरिने तथा आगामी दिनमा सुझाव र समन्वयका लागि डिजिटल माध्यम सधैं खुला रहने उहाँले बताउनुभयो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?