समानुपातिक उम्मेदवारबारे फैलाइएका हल्लाप्रति कुलमान घिसिङको आपत्ति

काठमाडौं — प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई आफ्नो नामसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति कुलमान घिसिङले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

Workplace

घिसिङले सार्वजनिक वक्तव्य जारी गर्दै समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति आफ्नो भान्जा नभएको स्पष्ट पारेका छन्। साथै ती व्यक्ति उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै समूहबाट सिफारिस भएका व्यक्ति भएको उनले बताए।

त्यसैगरी समानुपातिक सूचीमा रहेका र आफ्नो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि आफ्ना वास्तविक ससुरा नभएको घिसिङको भनाइ छ। समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना, दबाब वा हस्तक्षेपमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको उनले स्पष्ट गरे।

सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको उल्लेख गर्दै घिसिङले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोप दुःखद र आपत्तिजनक भएको बताए। राजनीतिमा असहमति स्वाभाविक भए पनि झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास स्वीकार्य नहुने उनको धारणा छ।

यसैबीच, बन्दसूचीमा देखिएका केही प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता  समेत उनले व्यक्त गरेका छन्। घिसिङले आफू आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ रहेको जनाउँदै भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?