
- अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको कपिलवस्तु सरुवा भएको छ।
- गृह मन्त्रालयको प्रशासनिक सरुवाअन्तर्गत करिब ११ महिनाको कार्यकालपछि उहाँको सरुवा भएको हो।
- उहाँले अर्घाखाँचीमा रहँदा शान्ति सुरक्षा, सेवा प्रवाह र प्रशासनिक कार्यमा नेतृत्वदायी भूमिका निभाउनुभएको थियो।
लक्ष्मण सुनार अर्घाखाँची – अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीको कपिलवस्तु सरुवा भएको छ।

सुवेदी २०८२ साल कात्तिक २७ गते अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्लामा हाजिर हुनुभएको थियो। करिब ११ महिनापछि उहाँको कपिलवस्तुमा सरुवा भएको हो।

गृह मन्त्रालयले गरेको प्रशासनिक सरुवाअन्तर्गत सुवेदीको कपिलवस्तु सरुवा भएको जनाइएको छ।
उहाँले अर्घाखाँचीमा रहँदा जिल्ला प्रशासन कार्यालयको नेतृत्व गर्दै निर्वाचन,शान्ति सुरक्षा, सेवा प्रवाह तथा विभिन्न प्रशासनिक कार्यमा भूमिका निर्वाह गर्नुभएको थियो।
