नगर प्रमुख विष्णु कुमार भाम घाटिमा दमाह भिरेर समावेशिताको सन्देश स्वरुप बाजा बजाए।

समाचार सारांश
Auto Generated by AI
  • मुगुका नगर प्रमुख विष्णु कुमार भामले अन्त्येष्टिमा आफैँ बाजा बजाएर उदाहरणीय कार्य गरेका छन्।
  • दलित समुदायले मात्र गर्ने काममा सरिक भएर उनले जातीय विभेद अन्त्यको सन्देश दिएका छन्।
  • यस कार्यले सामाजिक सद्भाव कायम राख्न र मानवता नै ठूलो धर्म हो भन्ने सन्देश प्रवाह गरेको छ।

मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ४का ६५ वर्षीय साङ्या रोकाया को आफ्नै कालगतिले निधन भएपछि गरिएको अन्त्येष्टि कार्यक्रममा एक फरक र अर्थपूर्ण दृश्य देखिएको छ। मलामीमा सहभागी भएका मुगु छायाँनाथ रारा का नगर प्रमुख विष्णु कुमार भाम स्वयं आफै बाजा बजाउँदै अघि बढेपछि यो विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ अहिले चर्चामा छ ।

Workplace

सामान्यतया दलित समुदायसँग मात्र जोडिने र विशेषगरी उनीहरूले गर्दै आएको बाजा बजाउने यो परम्परामा एक जनप्रतिनिधि स्वयं सहभागी हुनु धेरैका लागि नौलो र सन्देशमूलक बन्यो । स्थानीय परम्परा अनुसार अन्त्येष्टिमा बाजा बजाउने जिम्मेवारी प्रायः दलित समुदायले वहन गर्दै

- Advertisement -Workplace

आएका छन् । तर, यो जिम्मेवारी केवल एक समुदायको मात्र नभएर हामी सबैको साझा हो भन्ने सन्देश दिन नगर प्रमुख विष्णु कुमार भाम आफैँले बाजा बजाएको स्थानीयहरूले बताएका छन् ।नगर प्रमुखको यस कदमले कार्यक्रममा उपस्थित विभिन्न जातजाति र समुदायबीच भावनात्मक एकता झल्काएको थियो । शोकको वातावरणमा सबैले मिलेर दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण गर्दा सामाजिक सद्भावको बलियो उदाहरण प्रस्तुत भएको थियो ।त्यस अवसरमा नगर प्रमुख भामले दुःखद घडीमा सहकार्य, सहानुभूति र एकता आवश्यक हुने बताउँदै विभेदरहित समाज निर्माणमा सबैले भूमिका खेल्नुपर्ने धारणा राखे । उनले भने, ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो, यस्तो समयमा हामी सबै एक भएर उभिनुपर्छ र विभेदका पर्खालहरू भत्काउनुपर्छ भन्नुभयो

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?