छायाँनाथ रारा नगरपालिकाद्वारा बाढी प्रभावितका लागि एक लाख रुपैयाँ राहत सहयोग घोषणा

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ रारा नगरपालिकाले बाढी प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
  • उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने निर्णय भएको छ।
  • नगर प्रमुखले विपद्को यस घडीमा सबै पक्षलाई एकजुट भई राहत र उद्धारमा लाग्न आह्वान गरेका छन्।

रतन बहादुर रावल गमगढी, मुगु । कर्णालि प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिकाले बाढी प्रभावित क्षेत्रका नागरिकहरूको राहत तथा उद्धारका लागि रु. १,००,०००।- (एक लाख रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

Workplace

 

- Advertisement -Workplace

नगर प्रमुख विष्णु कुमार भामद्वारा जारी विज्ञप्ति अनुसार, मिति २०८३ भदौ १० गते रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढी र पहिरोले पुऱ्याएको मानवीय तथा भौतिक क्षतिप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।

नगरपालिकाले प्राकृतिक विपद्‌मा परी ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता भएकाहरूको तत्काल खोजी, उद्धार र राहतको व्यवस्था गर्न माग गरिएको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारका सबै तह, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकबीच बलियो एकता र सहकार्य हुनुपर्नेमा नगर प्रमुख भामले जोड दिनुभएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?