छायाँनाथ रारा नगरपालिकाद्वारा बाढी प्रभावितका लागि एक लाख रुपैयाँ राहत सहयोग घोषणा

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ रारा नगरपालिकाले बाढी प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
  • उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने निर्णय भएको छ।
  • नगर प्रमुखले विपद्को यस घडीमा सबै पक्षलाई एकजुट भई राहत र उद्धारमा लाग्न आह्वान गरेका छन्।

रतन बहादुर रावल गमगढी, मुगु । कर्णालि प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिकाले बाढी प्रभावित क्षेत्रका नागरिकहरूको राहत तथा उद्धारका लागि रु. १,००,०००।- (एक लाख रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

Workplace

 

नगर प्रमुख विष्णु कुमार भामद्वारा जारी विज्ञप्ति अनुसार, मिति २०८३ भदौ १० गते रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढी र पहिरोले पुऱ्याएको मानवीय तथा भौतिक क्षतिप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।

नगरपालिकाले प्राकृतिक विपद्‌मा परी ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता भएकाहरूको तत्काल खोजी, उद्धार र राहतको व्यवस्था गर्न माग गरिएको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारका सबै तह, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकबीच बलियो एकता र सहकार्य हुनुपर्नेमा नगर प्रमुख भामले जोड दिनुभएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?