बरिष्ठ लोकदोहोरी गायिका लक्ष्मी न्यौपानेको नयाँ गीत “मनको रहर” सार्वजनिक

काठमाडौं । बरिष्ठ लोकदोहोरी गायिका लक्ष्मी न्यौपानेले आफ्नो नयाँ गीत “मनको रहर” सार्वजनिक गर्नुभएको छ । यस गीतमा गाउँघरको जीवन, रहर र पीरलाई सरल भाषामा प्रस्तुत गरिएको छ । गीतमा समेटिएको “कहिले यो मन साउने झरी, कहिले हुन्छ चैतको खडेरी, आँशु बरर, कहिले नि नपुग्ने मनको रहर” भन्ने सब्द हरुले श्रोताको मन छुने प्रयास गरेको छ ।

Workplace

गायिका न्यौपाने लामो समयदेखि नेपाली लोकसंगीतको क्षेत्रमा सक्रिय रहनुभएको छ । उहाँले आफ्ना गीतमार्फत गाउँघरको कथा, मेलापात, रमाइलो, रहर र दुःख–पीरलाई आवाज दिनुहुन्छ । मौलिक शब्द र स्वरमार्फत उहाँले नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ । यसै कारण उहाँका गीतलाई श्रोता–दर्शकले निकै रुचाउने गरेका छन् ।

आजको युवा  पुस्तले पनि उहाँका गित संगीत सानोमा रेडियो क्यासेट हरुमा सुनेको र अहिले सामाजिक संजाल आए पोछी उहाँलाई देखेको चिनेको र आज पनि त्यो बालापनमा सुनेका गित संगित  उहाँको नाम सुने बित्तिकै ताजा हुने धेरै दर्शकले भने गरेका हुन्छन् । उक्त गितको भाका स्वर सब्द र टोनले गाउँमा मेला पाता घाँस दाउरा गाई बस्तु चराउन जादा यस्ता गित  अत्याधिक रुचाउने गरिन्थ्यो र अहिले पनि गाउँमा यस्तै रुचाउँछन् ।

यस गीतलाई झलक रेग्मीले शब्द तथा संगीत दिनुभएको हो भने रेकर्डिङ रीमा रेकर्डिङ स्टुडियोमा गरिएको हो । भिडियोमा स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गर्नुभएको छ भने करण चैसिरले छायांकन र नविन घर्ती मगरले सम्पादन गर्नुभएको छ । पोस्ट प्रोडक्सन एडीभेन्चर इन्टरटेन्मेन्टले गरेको हो ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा धेरै श्रोता–दर्शकले  प्रतिक्रिया दिएका छन् । धेरैले यसलाई “गाउँघरको कथा बोलेको गीत” र “मनको पीडा पोख्ने स्वर” भनेर प्रशंसा  गरिरहेका छन् । लोकसंगीतमा निरन्तर सक्रिय गायिका न्यौपानेको यो नयाँ प्रस्तुति पनि श्रोताको मन जित्ने अपेक्षा गरिएको छ । जुन गितमा सब्द भाका लय उत्कृष्ट छ  पकै दर्शक स्रोताको मन जित्न सफल हुनेछ ।

उक्त गितकी भिडियो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?