रास्वपाले प्रदेशलाई अझ बलियो बनाउँछ, अधिकार माग्न काठमाडौं जान पर्दैन : बालेन

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रदेशलाई अझ बलियो बनाउने बताएका छन्। जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले प्रदेशलाई अझ बलियो बनाएर लैजाने नीति अपनाउने बताए।

Workplace

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश नीतिप्रति धेरैले आलोचना गर्छन्। म भन्न चाहन्छु, प्रदेशलाई अझ बलियो बनाएर लैजाने हो। प्रदेशको काम घरमा गएर धारा जोड्ने मात्र होइन,’ उनले भने।

उनले जनकपुर प्रदेशको राजधानी हुँदाहुँदै अधिकार माग्न काठमाडौं जानुपर्ने बाध्यता रहेको बताए। उनले अधिकार माग्न नभइ अब काठमाडौं घुम्न मात्र जान आग्रह गरे। ‘अधिकार अब जनकपुरबाटै पाउनुपर्छ। काठमाडौं त घुम्न मात्र जानुस्। पशुपतिनाथ मन्दिर घुम्नुस्, स्वयम्भू घुम्नुस्,’ उनले भने।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उठ्न बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका हुन्। उनी झापा ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?