गगनको राजीनामा अस्वीकृत गर्ने उपसभापति शर्माको घोषणा

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गगन थापाको राजीनामा अस्वीकृत गर्ने बताएका छन्।
  • शर्माले अहिलेको परिस्थितिमा राजीनामा भन्दा पार्टी सम्हाल्नु नै मुख्य दायित्व भएको जनाएका छन्।
  • भोलिको बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरिने जानकारी उनले दिएका छन्।
पूरा समाचार सुन्नुहोस्

काठमाडौ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने स्पष्ट पारेका छन्।

Workplace

बिहीबार एक्समार्फत धारणा सार्वजनिक गर्दै उनले सभापतिले ‘नैतिक जिम्मा लिन्छु’ भन्नु सकारात्मक भए पनि अहिलेको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व भएको बताए।

उनले भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने स्पष्ट पारे।

शर्माले भनेका छन्, ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन!’

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिटमा मात्रै जित हासिल गरेको थियो। निर्वाचनमा लज्जास्पद हारपछि सभापति थापाले बिहीबार बिहान पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?