२६ फाल्गुन २०८२, मंगलबार

जापानमा १०० वर्ष उमेर कटेकाको संख्या १ लाख पुगेको स्वास्थ्य मन्त्रीको घोषणा

जापान सरकारले देशमा सय वर्ष वा सो भन्दा बढी उमेर पुगेका व्यक्तिहरुको संख्या करिब एक लाख पुगेको जनाएको छ। जुन आफैंमा एउटा रेकर्ड हो।

Workplace

लगातार ५५औँ वर्ष नयाँ रेकर्ड कायम भएको हो। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सेप्टेम्बर महिनामा जापानमा ९९,७६३ जना सय वर्ष उमेर पार गरेकाहरु छन्

यसमा महिलाको संख्या ८८ प्रतिशत छ। स्वास्थ्य मन्त्री ताकामारो फुकुओकाले ८७,७८४ जना महिला र ११,९७९ जना पुरुषलाई लामो आयु प्राप्त गरेकोमा बधाई दिएका छन्। साथै, उनले ‘समाजको विकासमा उनीहरूले पुर्‍याएको योगदानप्रति कृतज्ञता’ प्रकट गरेका छन्।

विश्वमै सबैभन्दा लामो औसत आयु पाउने देश जापान हो। यसलाई प्रायः ‘सबैभन्दा धेरै वृद्ध मानिस बाँच्ने देश’ भनेर पनि चिनिन्छ।

जापानमा सबैभन्दा वृद्ध व्यक्तिमा नारा सहर नजिक यामातोकोरियामा बस्ने ११४ वर्षीया शिगेको कागावा हुन्। सबैभन्दा वृद्ध पुरुष भने इवाता सहरका १११ वर्षीय कियोताका मिजुनो हुन्।

यी तथ्यांकहरू प्रत्येक वर्ष सेप्टेम्बर १५ मा मनाइने ‘वृद्धजन दिवस’मा सार्वजनिक गरिन्छन्। सो दिन राष्ट्रिय बिदा हुन्छ र १०० वर्ष पूरा गर्ने नयाँ व्यक्तिहरूलाई प्रधानमन्त्रीको तर्फबाट बधाईपत्र र चाँदीको कप प्रदान गरिन्छ। यस वर्ष ५२,३१० जना यसका पात्र बनेका छन्।

सन् १९६३ मा पहिलोपटक सरकारले  शतक कटेकाको तथ्यांक सङ्कलन गर्दा त्यस्तो संख्या जम्मा १५३ थियो। सन् १९८१ सम्म आइपुग्दा एक हजार र १९९८ सम्म १० हजार  पुगेको थियो। आज यो संख्या एक लाख नजिक पुगेको छ।

किन लामो बाँच्छन् जापानी?

जापानमा मोटोपन अत्यन्त कम छ, जुन मुटुका रोग र केही प्रकारका क्यान्सर (जस्तै स्तन र प्रोस्टेट क्यान्सर) को मुख्य कारण मानिन्छ।

त्यसैले यहाँ ती रोगका कारण हुने मृत्यु कम देखिन्छ। जापानी खानपानमा कम रातो मासु र बढी माछा–तरकारी प्रयोग हुन्छ। यसले पनि दीर्घायुमा भूमिका खेलेको छ।

जापानी महिलामा मोटोपनको दर झन् कम छ, जसले उनीहरूको आयु पुरुषको तुलनामा बढी हुनुको कारण व्याख्या गर्छ।

साथै, जापानी समाजमा ग्रुप एक्सरसाइजको संस्कृति पुरानै छ। सन् १९२८ देखि रेडियोमार्फत सुरू गरिएको ‘रेडियो ताइस्सो’ नामक दैनिक तीन मिनेटको व्यायाम आजसम्म निरन्तर अभ्यास हुँदै आएको छ। यसले सामुदायिक भावना र सार्वजनिक स्वास्थ्य दुवैलाई मजबुत बनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?