रतन बहादुर रावल।
फागुन ०७

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मुगुमा चुनावी माहोल तिव्र रुपमा तातिदै गएको छ । निर्वाचनका लागि उम्मेदवार दिएका दलहरुले आआफ्ना प्रतिज्ञा पत्र सार्वजानिक गर्दे नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खड्ग बहादुर शाहीले आफ्नो विस्तृत प्रतिज्ञा–पत्र सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलन गर्दे उनले आफ्नो मुगु विकासको लागि प्रतिज्ञा पत्र सार्वजानिक गरेका हुन ।
वाचा होईन काम , नारा होईन परिणाम ऐतिहासिक आत्म आलोचना , हिजोको पाठ दुर्गमता बाट अवसरको जिल्ला बनाउने आाट , भन्ने मूलमन्त्र सहित नारा सहित सार्वजनिक गरिएको प्रतिज्ञा–पत्रमा बिशेष गरेर कृषि, पर्यटन, शिक्षा , स्वास्थ्य , भौतिक पूर्वाधार, ऊर्जा र रोजगारीका महत्वाकांक्षी योजनाहरू समावेश भएका हुन ।
उम्मेदवार शाहीले मुगुको दुर्गम दुरदराजको आवाज सडक देखि संघिय सदन सम्म सशक्त रूपमा गुञ्ज्यिाउने अठोट व्यक्त गर्दै विकास र प्रतिज्ञाका योजनालाई कागजमा सीमित नराखी कार्यान्वयनमा जोड दिने पहिलो कदम रहने बताए ।
प्रतिज्ञा–पत्र अनुसार जिल्ला अस्पताल मुगुको १५ शैया लाई ५० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि पहल गरिने उल्लेख छ । त्यस्तै विद्यालयमा रहेका विद्यार्थीको स्पास्थ्य अवस्था बुझ्न दिनहुँ जसो र दुर्गमको स्वास्थ्य अवस्था लाई सुधार ल्याउन प्रत्येक विद्यालयमा एक विद्यालय एक नर्सको स्थापना गर्न पहल गर्ने । आम सर्वसाधारणको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न नियमित स्वास्थ्य सम्बन्धी अभियान सञ्चालन गरिने र जीवन रक्षा कोष अन्तर्गत जटिल रोग र आकस्मिक दुर्घटनामा परेका विभिन्न नागरिकका ५० लाखको निशुल्क उद्दार तथा उपचार कोष खडा गरिने बताए ।
यस्तै दोमुख गमगढी मुगु नाक्चेलाग्ना सडक चाईना सँग सजिलै जोड्दै ब्यापार सहजीकरण गर्नको निम्ति पाँच वर्ष भित्र गमगढी मुगु नाक्चेलाग्ना सडक सम्पन्न गर्न हरपल कदम अगाडी बढाईने शाहीको बाचा रहेको छ ।
सडक बिस्तारमा अत्याधिक रुपमा प्रयोग भएको डोजरलाई केही रुपमा नलिई स्थानीयबासिको ज्याला मजदुरी एकम् रोजगारी बाट बञ्चित हुन परेकाले डोजरले कामलाई रोकि स्वयम उपभोक्ता मार्फत जनता लाई लाभ मिल्ने गरि काम गर्न पहल गर्ने बताईएको छ । रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरु लाई यहाँको आर्थिक अवस्था माथि उकास्न एक रात गमगढी बास अभियान थालनी गरिने छ । दुर्गम बस्तीहरूलाई सडक सञ्जाल सँग जोड्न विशेष पहल गरिने प्रतिज्ञा–पत्रमा उल्लेख छ ।
एक घर एक धारा कार्यक्रममार्फत सुरक्षित खानेपानीको पहुँच
विस्तार गरिने, मुगुका खेतियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरिने र दुर्गम बस्तीहरूमा टेलिकम सेवा तथा सूचना प्रविधिको पहुँच वृद्धि गरिने प्रतिबद्धता गरिएको छ । हरेक सामुदायिक विद्यालयमा आवासिय विद्यालय रुपमा लिई सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना पनि प्रतिज्ञा–पत्रमा समावेश छ ।
मुगुको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र जडीबुटी क्षेत्रमा व्यावसायिकरणलाई जोड दिइएको छ । मुगुका ऐतिहासिक मठ,मन्दिर तथा पुरातात्विक संरचनाको संरक्षणका लागि आवश्यक कानुनी र बजेटीय पहल गरिने प्रतिज्ञा गरिएको छ । सरकारी कामकाजका निम्ति सहजीकरण गर्न हेलो मुगु डेस्क स्थापना अथवा सहायता कक्ष स्थापना गरिने बताए । साथै उच्च तह प्राविधिक तह तर्फ अध्ययन गर्न मुगुमा नर्स, एच.ए , सबईन्जिनियर , फरेस्टिरी लगाउयतका बिषयमा पढाई हुने कलेजको स्थापना गर्न पहल गर्ने ।
युवालाई विदेश पलायन हुन नदिन स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य प्रतिज्ञा–पत्रमा देखिन्छ । कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार विकाससँग जोडिएका आयोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरिने दाबी गरिएको छ । महिला, दलित, जनजाति तथा पछाडि परेका समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उम्मेदवार शाहीले उल्लेख गरेका छन् ।

