मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना विशेष कार्यक्रममा प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिदै

समाचार सारांश
Auto Generated by AI
  • जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना हुँदैछ।
  • पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा भेला हुनेछन्।
  • लामो समयपछि एमाले अध्यक्ष ओली र नेता माधव नेपाल एकै मञ्चमा देखिने भएका छन्।

काठमाडौ – जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिने भएका छन्।

Workplace

कार्यक्रमको प्रमुख अतिथिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने छिन्। उक्त कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने भएका छन्।

विशेषगरी एमाले अध्यक्ष ओली र नेकपाका सह-संयोजक माधव नेपाल लामो समयपछि एउटै मञ्चमा देखिने भएका हुन्।

मदन भण्डारी फाउन्डेसनले असार १४ गते दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?