जेमिमा रोड्रिगेजको  शतकमा भारत विश्वकप फाइनलमा, सातपटकको विजेता अस्ट्रेलिया बाहिरियो

नवी मुम्बई, कात्तिक १३ । भारतले जेमिमा रोड्रिगेजको अविजित शतकीय पारीको बलमा अष्ट्रेलियालाई पराजित गर्दै महिला एकदिवसीय क्रिकेट विश्वकप २०२५ को फाइनलमा प्रवेश गरेको छ । सात पटकको विजेता र यस संस्करणसम्म अपराजित रहेको अष्ट्रेलियाको यात्रा सेमिफाइनलमै टुंगिएको छ ।

Workplace

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का अनुसार भारतले ३३९ रनको कठिन लक्ष्य पछ्याउँदै ऐतिहासिक जित हात पारेको हो । खेलको निर्णायक क्षणमा जेमिमाले उत्कृष्ट संयमता प्रदर्शन गर्दै अविजित रहिन् र टोलीलाई जिततर्फ डोर्याइन् । उनको इनिङ्सले भारतीय टोलीलाई नयाँ ऊर्जासँग फाइनलमा पुर्‍याएको छ ।

जेमिमाको शतक“शानदार र ऐतिहासिक” रहेको छ   “रेकर्ड चेज” लाई क्रिकेट इतिहासकै स्मरणीय क्षण रहेको  छ । त्यस्तै, ICC ले  जेमिमाको इनिङ्सलाई “स्तब्ध पार्ने प्रदर्शन” भन्दै सराहना गरेको छ ।

अस्ट्रेलियाको प्रारम्भिक ब्याटिङ मजबुत भए पनि भारतका बलरहरूले मझधारमा लय फेरे । लक्ष्य पछ्याउने क्रममा भारतले सुरुवाती विकेट गुमाएपछि केही समय दबाबमा परेको थियो । तर, जेमिमाले स्थायित्व र आक्रमणबीच सन्तुलन राख्दै अन्त्यसम्म बलिङ आक्रमणलाई सहजै सामना गरिन् ।

खेलको क्रममा स्मृति मन्धानाको डीआरएस विवादले केही समय नाटकीयता थपेको थियो, जसलाई टाइम्स अफ इन्डिया ले “ड्रामा इन सेमिफाइनल” भनेर समेत उल्लेख गरेको थियो केही समय अगाडि  । तर त्यसपछि भारत पुनः सशक्त रूपमा खेलमा फर्किएको थियो ।

भारतले अब फाइनलमा  दक्षिण अफ्रिका टोलीसँग उपाधि भिडन्त गर्नेछ । यस जितसँगै भारतले पहिलोपटक महिला एकदिवसीय विश्वकप जित्ने सपना साकार गर्ने सम्भावना बलियो बनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?