icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक: गृहमन्त्री रमेश लेखकमाथि उठेको विवाद मुख्य एजेन्डा

काठमाडौ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज  बिहान  पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ। बैठकमा हालै गृहमन्त्री रमेश लेखकमाथि उठेको ‘भिजिट भिसा प्रकरण’ प्रमुख छलफलको विषय बनेको छ। गृहमन्त्री लेखकको सचिवालयका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जान चाहने व्यक्तिहरूबाट अवैध रुपमा घूस लिएको आरोप सार्वजनिक भएपछि पार्टीभित्रै उनको राजीनामा माग्न थालिएको छ।

Workplace

बैठकमा सहभागी स्रोतहरूका अनुसार गृहमन्त्री लेखक स्वयं पनि उपस्थित छन् र बैठकमा आफ्नो पक्ष राख्ने तयारीमा छन्। सभापति देउवासहित वरिष्ठ नेताहरूबीच मन्त्री लेखकमाथि छानबिन गर्ने कि राजीनामा गराउने भन्नेबारे आन्तरिक मतभेद देखिएको छ। कांग्रेस नेता शेखर कोइरालाले सार्वजनिक रूपमा लेखकलाई राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न आग्रह गरेका छन्। अर्का नेता कृष्णप्रसाद सिटौलाले भने कर्मचारीहरूको गल्तीका आधारमा मन्त्रीले जिम्मेवारी छोड्न नपर्ने धारणा राखेका छन्।

बैठकमा लेखक प्रकरणसँगै कांग्रेसको औपचारिक धारणा तय गर्ने प्रयास भइरहेको छ। केही नेताहरूले पार्टीको साख जोगाउनका लागि लेखकले नैतिक जिम्मेवारी लिनुपर्ने तर्क गरेका छन् भने केहीले सरकारले हालको राजनीतिक सन्तुलन बिग्रने डर देखाउँदै संयमित धारणा बनाउनु पर्ने सुझाव दिएका छन्।

यस बैठकमा ‘भिजिट भिसा’ विवादबाहेक अन्य महत्वपूर्ण एजेन्डाहरू पनि समावेश छन्। आगामी आर्थिक वर्षको बजेटमा पार्टीको धारणा, समसामयिक राजनीतिक परिस्थिति, क्रियाशील सदस्यता नवीकरण, कांग्रेसको आगामी रणनीति तथा सरकार सञ्चालनमा पार्टीको भूमिका कस्तो हुने भन्ने विषयमा पनि गम्भीर छलफल भइरहेको  नेपाल खोज खबरलाइ गोप्य  सुत्र बाट जानकारी  प्राप्त भएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?