प्रवासी नेपाली जनकल्याण समितिद्वारा २१औँ इन्डो–नेपाल सांस्कृतिक महोत्सव २६ अगस्त दिल्लीमा आयोजना हुने

अर्जुन थापा, नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा आगामी अगस्त २६ तारिखमा “२१औँ इन्डो–नेपाल सांस्कृतिक महोत्सव” भव्य रूपमा आयोजना हुने भएको छ। प्रवासी नेपाली जनकल्याण समितिको आयोजनामा, हरितालिका तिजको अवसर पारेर सो कार्यक्रम हुन लागेको हो।

Workplace

नेपाल र भारतबीचको सांस्कृतिक, भाषिक र पारम्परिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका प्रतिनिधि फर्श थापाले जानकारी दिनुभयो। भारतको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका हजारौं प्रवासी नेपालीहरूलाई लक्षित गर्दै मनोरञ्जन तथा सांस्कृतिक एकताको सन्देश दिने उद्देश्यसहित महोत्सव आयोजना गरिँदैछ।

कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरू —सागर आले, गायिका इब्सल सञ्ज्याल,गायक विनोद बजुराली, धुर्व राना, रामगतराज , खुमन सिहं गायिका कमला घिमिरे, उमादेवी खनाल, रिया घले, मोडल प्रकाश् शर्मा , गणेश बिसि बाल कलाकार डानसर सृष्टि अधिकारी , निर्मला पुन लगायत स्थानिया कलाकार हरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

साथै स्थानिय कलाकार लगायतको विशेष प्रस्तुति रहनेछ। साथै, बाल कलाकार, आमा समूह तथा स्थानीय सांस्कृतिक टोलीहरूको आकर्षक नृत्य तथा गायन प्रस्तुतिहरू पनि रहने आयोजक समितिले जनाएको छ ।

कार्यक्रमको संचालन कान्छा सारु मगर, र जीवन शर्माले गर्नेछन्। महोत्सव स्टोर वाला पार्क, रामलीला ग्राउन्ड, मांडल टाउन–२, नजिकैको मेट्रो स्टेशन, दिल्लीमा हुनेछ।

आयोजकले सम्पूर्ण नेपाली भाषी समुदाय – दाजुभाइ, दिदीबहिनी, विद्यार्थी, पत्रकार, बुद्धिजीवी सबैलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन अनुरोध गरेको छ। साथै, मदिरा सेवन गरेर आउने व्यक्तिलाई प्रवेश नदिइने व्यवस्था गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

छुटाउनुभयो कि ?