लोकप्रिय गायक मोतिराज खनालको मालारानी भजन सार्वजनिक

लुम्बिनी – अर्घाखाँची जिल्लाको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको मालारानी क्षेत्रको प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ लोक भजन “मालारानी” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। स्थानीय धार्मिक आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई गीत–संगीतमार्फत राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित यो भजन निर्माण गरिएको हो।

Workplace

सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनमा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल को शब्द तथा संगीत रहेको छ। भजनमा मोतिराज खनाल र गायिका सुनितामी परियार को सशक्त स्वर सुन्न सकिन्छ। संगीत संयोजन (एरेन्ज) चर्चित एरेन्जर महेन्द्र भण्डारी ले गरेका छन् भने अडियो सम्पादन जनार्दन खनाल ले गर्नुभएको हो।

सान्सा फिल्म को प्रस्तुति रहेको यो म्युजिक भिडियो मालारानी गाउँपालिका को सहयोगमा निर्माण गरिएको हो। भिडियोमा लोकप्रिय कलाकारहरू सुरबिर पण्डित, शर्मिला शर्मा, सुस्मिता बुढाथोकी, शोभाखर खनालराजेन्द्र राना ले प्रभावशाली अभिनय प्रस्तुत गरेका छन्। भिडियो निर्देशन सुरज खनाल ले गर्नुभएको हो, जसले मालारानी क्षेत्रको धार्मिक महत्व, सांस्कृतिक जीवनशैली र प्राकृतिक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

भजन निर्माणमा मालारानी गाउँपालिकामालारानी मन्दिर व्यवस्थापन समिति को सहकार्य रहेको छ। यसअघि सार्वजनिक भएको चर्चित भजन “सुपा देउराली” ले पाएको व्यापक सफलतापछि सोही टिमको नयाँ प्रस्तुति भएकाले पनि “मालारानी” भजनप्रति दर्शक तथा श्रोताको चासो उल्लेखनीय रूपमा बढेको देखिन्छ। कलाकार तथा निर्माण टिमले यस भजनले पनि दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेका छन्।

भजनको अडियो मालाश्री रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको हो। रेकर्डिङ सागर बाजुराली, मिक्सिङ खडक बाजुराली ले गर्नुभएको हो भने भिडियो सम्पादन बिनोद बम ले गर्नुभएको छ।

निर्माण टिमका अनुसार “मालारानी” भजनले मालारानी क्षेत्रको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय कला, संस्कृति र धार्मिक स्थललाई गीत–संगीतमार्फत उजागर गर्ने प्रयासका रूपमा यो भजनलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

लोकप्रिय गायक मोतिराज खनालको शब्द, संगीत र स्वर रहेको “मालारानी” लोक भजनले अर्घाखाँचीको धार्मिक तथा सांस्कृतिक धरोहरलाई थप चर्चामा ल्याउने र अर्घाखाँची लाई थप  सबै नेपाली सामु चिनाउने   विश्वास गरिएको छ।

भिडियो सहित 

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?