कांग्रेस महामन्त्री गगन थापाको प्रस्ताव : पुस १६ गतेदेखि नियमित महाधिवेशन सुरु गर्न सुझाव

Workplace

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १६ गतेदेखि नियमित महाधिवेशन सुरु गर्ने प्रस्ताव गर्नुभएको छ।

जारी केन्द्रीय समिति बैठकमा थापाले पार्टीभित्रको असमझदारी अन्त्य गर्न र संगठन सुदृढ पार्दै निर्धारित प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताउँदै यस्तो प्रस्ताव राख्नुभएको हो।

थापाको प्रस्तावअनुसार मंसिर २७ गते वडा अधिवेशन सम्पन्न गरी पुस ५ र ६ गते क्षेत्रीय प्रतिनिधि चयन गर्ने, त्यसपछि पुस १६ गतेदेखि केन्द्रीय महाधिवेशन सुरु गर्ने तयारी मिलाउनुपर्ने सुझाव उहाँले दिनुभएको बताइएको छ।

यसअघि कांग्रेसको संस्थापन पक्षीय भेलाले १५औं महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने प्रस्ताव गरेको थियो। सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने निर्णय गर्दै सो प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी गरेको थियो।

तर, संस्थापन इतर नेताहरू भने प्रतिनिधिसभा निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने अथवा समय अभाव भए विशेष महाधिवेशन बोलाउनुपर्ने मागमा अडिएका छन्।

अब केन्द्रीय समिति बैठकले कुन प्रस्तावलाई अनुमोदन गर्छ भन्ने विषयमा कांग्रेसभित्र चासो बढेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?