icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

अन्तर प्रवासी नेपाली भलिबल प्रतियोगिता २०२६ आयोजना गर्दै 

अर्जुन थापा नयाँ दिल्ली। “खेल र खेलाडीहरूको लागि उच्च सम्मान” भन्ने मूल नाराका साथ नेपाल–भारतबीच खेलकुदीय सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले मदन भण्डारी फाउन्डेसन मातहत सञ्चालन हुँदै आएको श्री मदन भण्डारी स्पोर्ट्स एकेडेमी भारत ले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ। सन् २०१७ मा स्थापना भएको यस एकेडेमीले स्थापना कालदेखि नै विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै खेल क्षेत्रलाई नयाँ उचाइ प्रदान गर्दै आएको छ।

Workplace

एकेडेमीले आयोजना गर्ने खेलकुद कार्यक्रममा नेपालबाट समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको उल्लेख्य सहभागिता हुँदै आएको छ। खेलकुदमार्फत प्रवासी नेपाली खेलाडीहरूलाई प्रोत्साहन गर्ने तथा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्य अनुरूप एकेडेमी सक्रिय रहँदै आएको छ। साथै, स्थापना कालदेखि प्रत्येक वर्ष खेलकुद, शिक्षा तथा अन्य क्षेत्रबाट देशका लागि महत्वपूर्ण योगदान पुर्‍याउने खेलाडी, विद्यार्थी तथा विशिष्ट व्यक्तित्वहरूलाई मदन भण्डारी स्मृति सम्मान प्रदान गर्ने परम्परा निरन्तर कायम राखिएको छ। यस वर्ष पनि विशेष व्यक्तित्वहरूलाई उक्त स्मृतिबाट सम्मान गर्ने योजना रहेको एकेडेमीले जनाएको छ।

एकेडेमीले आयोजना गर्ने प्रतियोगितामा नेपाली दूतावासका प्रतिनिधि, महामहिम राजदूत प्रमुख अतिथिका रूपमा तथा स्थानीय निकायका प्रमुखहरू विशेष अतिथिका रूपमा सहभागी हुँदै आएका छन्। भारत प्रवासमा भलिबल खेलको प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस संस्थाका संस्थापक तथा अन्तर्राष्ट्रिय इन्चार्ज गोपाल थापा हुनुहुन्छ। संस्थाको अध्यक्ष पदम गाहा, सचिव राज श्रेष्ठ लगायत खेलाडी तथा खेलप्रेमीहरूको सक्रिय कार्यसमितिले नेपाल–भारतबीचको ऐतिहासिक तथा आधिकारिक खेल संस्था सञ्चालन गरिरहेको छ।

यसैक्रममा एकेडेमीले भारतीय गणतन्त्र दिवसको अवसर पारेर “अन्तर प्रवासी नेपाली भलिबल प्रतियोगिता–२०२६” आयोजना गर्ने भएको छ। प्रतियोगिता २५ र २६ जनवरी २०२६ मा खाटु श्याम स्टेडियम, हरि नगर, नयाँ दिल्ली (Block WZ, Hari Nagar, Delhi–110064) मा सञ्चालन हुनेछ। प्रतियोगिता बिहान ९:०० बजे देखि सुरु हुने छ।

प्रतियोगितामा कुल २० टिम मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। दर्ता शुल्क रु. ५,०००/- निर्धारण गरिएको छ भने दर्ता गर्ने अन्तिम मिति २३ जनवरी २०२६ बेलुका ५ बजे सम्म तोकिएको छ। आयोजकले समयमै टिम दर्ता गर्न सबैलाई आग्रह गरेको समेत गरेको  छ।

पुरस्कार विवरण: प्रथम पुरस्कार: रु. ५०,०००/- नगद, ट्रफी द्वितीय पुरस्कार: रु. २५,०००/- नगद, ट्रफी तृतीय पुरस्कार: रु. १५,०००/- नगद, ट्रफी अनुशासित खेलाडी: मेडल, नगद, प्रमाणपत्र बेस्ट सेटर: मेडल, नगद, प्रमाणपत्र बेस्ट ब्लकर: मेडल, नगद, प्रमाणपत्र बेस्ट डिफेन्डर: मेडल, नगद, प्रमाणपत्र बेस्ट स्पाइकर: मेडल, नगद, प्रमाणपत्र राखेको आयोजकले जनाएको छ ।

प्रतियोगितासम्बन्धी थप जानकारी तथा टिम दर्ताका लागि:
श्री पदम गाहा: +91-9821669014 श्री वीर थापा: +91-9654574825 श्री राहुल रायमाझी: +91-9811637813 श्री अनुज खाती: +91-8860639253 रहेका छ्न  आयोजकले यस प्रतियोगितामार्फत प्रवासी नेपाली खेलाडीहरूलाई एकताबद्ध गर्दै भलिबल खेलको विकास र नेपाल–भारतबीचको खेलकुदीय सम्बन्धलाई अझ मजबुत बनाउने आयोजक प्रतिनिधिले विश्वास व्यक्त गरेका छ्न । साथै सम्पुर्ण बुद्धिजीवी खेल प्रेमी संघसंस्था हरु पत्रकार हरु लाई समेत कार्यक्रम उपस्थिति जनाइ कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • अचम्मित ()
  • दुःखी ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?