प्रिन्ट हब किङ्सको उत्कृष्ट प्रदर्शन : मेगा राइनोज ९ विकेटले पराजित

Workplace

रुपन्देही। देवीनगर क्रिकेट प्रिमियर लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा प्रिन्ट हब किङ्सले मेगा राइनोजलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको छ।

टस जितेर बलिङ रोजेको प्रिन्ट हबले पहिलो इनिङमा मेगा राइनोजलाई १५ ओभरमा १०३ रनमा सीमित पार्‍यो। मेगा राइनोजका तर्फबाट सङ्गम अधिकारीले ३३ रन, प्रतीक प्रहारीले १९ रन, र सुभाष ज्ञवालीले १८ रन बनाए। बाँकी ब्याट्सम्यानहरूले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

बलिङमा प्रिन्ट हबका फरसुराम न्यौपाने र प्रकाश पोखरेलले समान २–२ विकेट लिए। उनीहरूको कसी बलिङले मेगा राइनोजलाई ठूलो स्कोर बनाउन दिइएन।

जवाफमा प्रिन्ट हब किङ्सका ब्याट्सम्यानहरू आक्रामक रूपमै प्रस्तुत भए। ओपनर जगत क्षेत्रीले धैर्य र दमदार शैलीमा ५८ रन अविजित रहँदै ब्याटिङको नेतृत्व गरे भने सुमन क्षेत्रीले पनि अविजित ३९ रनको योगदान दिए।

प्रिन्ट हब किङ्सले १३.५ ओभरमै लक्ष्य भेटाउँदै ९ विकेटको सानदार जित दर्ता गर्‍यो। उत्कृष्ट प्रदर्शन गरेका जगत क्षेत्री म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलसम्म आइपुग्दा प्रतियोगिता थप रोमाञ्चक हुँदै गएको छ भने प्रिन्ट हब किङ्सले पनि उपाधि दाबेदारको रूपमा  प्रस्तुत गरेको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?