प्रिन्ट हब किङ्सको उत्कृष्ट प्रदर्शन : मेगा राइनोज ९ विकेटले पराजित

Workplace

रुपन्देही। देवीनगर क्रिकेट प्रिमियर लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा प्रिन्ट हब किङ्सले मेगा राइनोजलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको छ।

- Advertisement -Workplace

टस जितेर बलिङ रोजेको प्रिन्ट हबले पहिलो इनिङमा मेगा राइनोजलाई १५ ओभरमा १०३ रनमा सीमित पार्‍यो। मेगा राइनोजका तर्फबाट सङ्गम अधिकारीले ३३ रन, प्रतीक प्रहारीले १९ रन, र सुभाष ज्ञवालीले १८ रन बनाए। बाँकी ब्याट्सम्यानहरूले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

बलिङमा प्रिन्ट हबका फरसुराम न्यौपाने र प्रकाश पोखरेलले समान २–२ विकेट लिए। उनीहरूको कसी बलिङले मेगा राइनोजलाई ठूलो स्कोर बनाउन दिइएन।

जवाफमा प्रिन्ट हब किङ्सका ब्याट्सम्यानहरू आक्रामक रूपमै प्रस्तुत भए। ओपनर जगत क्षेत्रीले धैर्य र दमदार शैलीमा ५८ रन अविजित रहँदै ब्याटिङको नेतृत्व गरे भने सुमन क्षेत्रीले पनि अविजित ३९ रनको योगदान दिए।

प्रिन्ट हब किङ्सले १३.५ ओभरमै लक्ष्य भेटाउँदै ९ विकेटको सानदार जित दर्ता गर्‍यो। उत्कृष्ट प्रदर्शन गरेका जगत क्षेत्री म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलसम्म आइपुग्दा प्रतियोगिता थप रोमाञ्चक हुँदै गएको छ भने प्रिन्ट हब किङ्सले पनि उपाधि दाबेदारको रूपमा  प्रस्तुत गरेको छ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?