दुर्गमका सुत्केरी तथा गर्भवतीलाई उपप्रमुख ऐश्वर्याद्वारा घरदैलोमै पौष्टिक आहार वितरण

पुस २३, मुगु – कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुमा सुत्केरी तथा गर्भवती महिलाको पोषण सुधारका लागि छायाँनाथ रारा नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ।

Workplace

नगरपालिकाकी उपप्रमुख ऐश्वर्या मल्लले गरिब, दलित तथा विपन्न वर्गका सुत्केरी र गर्भवती महिलाको घरमै पुगेर अण्डा, तेलजस्ता पौष्टिक आहार वितरण गर्दै आएकी छन्।
मुगुमा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरू सीमित मात्रामा उपलब्ध छन्। समयमै स्वास्थ्य सेवा र आवश्यक पोषण नपाउँदा यहाँ धेरै महिलाले गर्भावस्था तथा सुत्केरी अवस्थामै ज्यान गुमाउनुपर्ने अवस्था समेत देखिएको छ। विशेषगरी ग्रामीण भेगका गरिब तथा दलित महिलाहरू पोषणयुक्त आहारको पहुँचबाट वञ्चित हुँदै आएका छन्।

यही समस्यालाई मध्यनजर गर्दै छायाँनाथ रारा नगरपालिकाले वडा नं. १ देखि १४ सम्मका ८७ बस्तीलाई समेट्ने गरी सुत्केरी आमा, गर्भवती महिला तथा नवजात शिशु लक्षित पोषण कार्यक्रम सञ्चालन गरिरहेको छ। यस कार्यक्रमअन्तर्गत घरदैलोमै पुगेर अण्डा, तेल तथा नगद सहयोग प्रदान गरिँदै आएको छ।

वडा नं. १४ बाम गाउँकी करिस्मा बुढाले अण्डा उपहार कार्यक्रमले सुत्केरी र गर्भवती महिलाको पोषणमा सकारात्मक प्रभाव पारेको बताइन्। “सानो सहयोग भए पनि यसले हामीजस्ता महिलालाई पोषणमा सुधार ल्याउन मद्दत गरेको छ, नवजात शिशुको स्वास्थ्यका लागि पनि उपयोगी भएको छ,” उनले भनिन्। विगतका वर्षमा पोषण अभावकै कारण धेरै आमा र बच्चा कमजोर देखिन्थे भन्ने अनुभव उनले साझा गरिन्।
त्यस्तै, सदरमुकाम गमगढी नजिकैको वडा नं. १ की सिर्जना नेपालीले पनि दलित र विपन्न परिवारका महिलालाई सुत्केरी समयमा ठूलो कठिनाइ भोग्नुपरेको बताइन्। “उपमेयरमार्फत अण्डा, तेलजस्ता सामग्री पाउँदा निकै खुशी लागेको छ,” उनले भनिन्।

उपप्रमुख ऐश्वर्या मल्लका अनुसार घरमै सुत्केरी हुने अवस्थालाई शून्यमा झार्ने र सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउने उद्देश्यसहित गत आर्थिक वर्षदेखि यो कार्यक्रम कार्यान्वयन गरिएको हो। नगर उपप्रमुखसँग न्यून आयस्रोत भएका सुत्केरी तथा गर्भवती महिला भेटघाट कार्यक्रमअन्तर्गत प्रत्येक सुत्केरी महिलालाई एक क्यारेट अण्डा, दुई प्याकेट तेल र एक हजार रुपैयाँ नगद सहयोग प्रदान गरिँदै आएको उनले जानकारी दिइन्।
उनका अनुसार हालसम्म ८० जनाभन्दा बढी सुत्केरी महिलालाई पोषण सामग्री वितरण भइसकेको छ भने बाँकी लक्षित महिलालाई पनि निरन्तर रूपमा सहयोग वितरण गरिँदैछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?