icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

सन्तोष के.सी को तिज गित ” सासु बुहारिको झगडा” सार्बजनिक भिडियो सहित

गोकर्ण पाण्डे काठमाडौं।हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् । लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गाएक सन्तोष के.सी ले तिज गित “सासु बुहारिको झगडा” सार्बजनिक गरेका छन् ।

Workplace

लोक तथा दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधैँ मौलिक गीतसंगीतको पछि हिँड्ने गायक सन्तोष के.सी का थुप्रै लोकदोहोरी गीत बजारमा छन् । पछिल्लो समय सन्तोष के.सीको स्वर मा रहेका भट्टीकी साउनी २, छोरी, सासु बुहारी र आमा, माईलीको भट्टी,पल्लाघरे सुन्तली, भट्टिकी साउनी,सौता, बुहारी, छोरिको कर्मा जस्ता तीज गीतहरू बजारमा निकै चर्चामा छन् । हरेक वर्ष तीज आउन बित्तिकै सन्तोष के.सी का फ्यानले तीज गीत खोज्न थाल्छन् । उसो त गायक सन्तोष के.सी ले हरेक वर्ष तीज गीत बजारमा ल्याउने गरेका छन्
अहिले पनि फ्यानको माया साथले यो वर्ष पनि तीज गीत सार्वजनिक गर्न सफल भएको के.सी ले बताए ।

गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गीतमा सन्तोष के.सी र पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका पुर्णकला बिसि राधिका हमाल को स्वर भरिएको छ । गीतको शब्द र लय सिर्जना सन्तोष के.सी आफैँले गरेका छन्। गित को एरेन्ज महेन्द्र भण्डारीले गरेका छन्। गीतको म्युजिक भिडियोमा सविता गुरुङ,दमन रुपाखेती, निरु खड्का अभिनय रहेको देख्न सकिन्छ। गीत भिडियो सन्तोष के.सी च्यानलबाट सार्वजनिक भएको छ।

भिडियो सहित

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?