काठमाडौ – हेटौँडा काठमाण्डौ जोड्ने भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतमा हिजो बेलुकी भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृ`त्यु ।

काठमाण्डौबाट हेटौँडाको लागि छुटेको ना१ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा मृ`त्यु भयको मकवानपुर प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेहरुको नाम, ठेगाना खुलेको छैन । घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । घाइते ३ जनाको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो ।
