नयाँ दिल्लीमा इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स कार्यक्रमको ऐतिहासिक आयोजना २०२६ फेब्रुअरी १ देखि ३ सम्म

अर्जुन थापा,  नयाँ दिल्ली — नेपाली चलचित्रको प्रवर्द्धन, सम्मान र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यका साथ इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स (इन्फा) को पहिलो संस्करण भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म आयोजना हुने भएको छ। भारतमै नेपाली चलचित्र उद्योगलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो कार्यक्रमलाई नेपाली फिल्म क्षेत्रका लागि ऐतिहासिक कदमका रूपमा लिन सकिन्छ ।

Workplace

आयोजकका अनुसार इन्फाको प्रमुख लक्ष्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउनुका साथै नेपाल र भारतबीच सांस्कृतिक सहकार्य र व्यावसायिक सम्बन्धलाई संस्थागत गर्नु हो। सोही उद्देश्यअनुसार महोत्सवमा चलचित्र प्रदर्शन, अन्तर्राष्ट्रियस्तरको सम्मान समारोह तथा विचार–विमर्श कार्यक्रमहरूलाई समेटिएको छ।

इन्फा–२०२६ का लागि सन् २०२५ मा प्रदर्शनमा आएका नेपाली कथानक चलचित्रहरू प्रतियोगितामा सहभागी गराइनेछ। इच्छुक निर्माण पक्षले ७ जनवरी २०२६ सम्म आफ्ना चलचित्र दर्ता गराउन सक्नेछन्। प्रतिस्पर्धाबाट छनोट हुने चलचित्र तथा स्रष्टाहरूलाई उत्कृष्ट फिचर फिल्म, निर्देशन, अभिनेता–अभिनेत्री तथा विभिन्न प्राविधिक विधामा सम्मान प्रदान गरिने रेड कार्पेट अवार्ड समारोह आयोजना गरिनेछ।

महोत्सवमा नेपाल, भारत तथा अन्य देशका फिल्मकर्मी, समीक्षक र सांस्कृतिक व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। यस अवसरमा चलचित्रका प्रिमियर शो, विशेष प्रदर्शनी तथा नेपाली मौलिकतामा आधारित सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिने आयोजकले जनाएको छ।

फेस्टिभलको प्रमुख निर्णायकका रूपमा वरिष्ठ अभिनेता कृष्ण मल्ल रहनेछन्। निर्णायक सदस्यहरूमा चर्चित निर्देशक तुलसी घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री विपना थापा तथा अभिनेता अवतार साहनी रहेका छन्। अनुभवी निर्णायक टोलीले निष्पक्ष र गुणस्तरीय मूल्याङ्कन गर्ने विश्वास आयोजकको छ।

इन्फाका अध्यक्ष राजेन्द्र घिमिरेले इन्फा–दिल्ली २०२६ नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार उक्त कार्यक्रम  नेपाली कलाकार, निर्देशक र प्राविधिक जनशक्तिलाई विश्व मञ्चमा स्थापित गर्ने लक्ष्य लिइएको बताइएको छ ।

त्यसैगरी महोत्सव निर्देशक (नेपाल) जनकदीप पराजुलीले यो कार्यक्रमले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार भारतमा बसोबास गर्ने नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रलाई लोकप्रिय बनाउन इन्फाले प्रभावकारी भूमिका खेल्ने समेत बताएका छ्न ।

महोत्सवका क्रममा चलचित्र प्रदर्शनसँगै प्यानल छलफल, अन्तर्वार्ता तथा टक शोहरू आयोजना गरिने छन्। यी कार्यक्रममार्फत नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, संयुक्त निर्माणका सम्भावना खोज्ने तथा नेपाल भारतबीचको सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउने उद्देश्य राखिएको इन्फाकी प्रवक्ता आकांक्षा शाहले जानकारी दिनु भएको छ ।

इन्फाको निर्देशन तथा कार्यक्रम व्यवस्थापनको जिम्मेवारी अनिता क्षेत्रीले सम्हालिरहेकी छन् भने फेस्टिभलको सिर्जनात्मक पक्षको नेतृत्व उपेन्द्र सिंह ठाकुरले गरिरहेका छन्। कानुनी सल्लाहकार तथा सहजीकरणको भूमिकामा वरिष्ठ अधिवक्ता प्रेम छेत्री रहेका छन्। महोत्सव रंग भवन, अल इन्डिया रेडियो, संसद मार्ग, नयाँ दिल्लीमा आयोजना हुने तय गरिएको छ।

आयोजकका अनुसार इन्फा–२०२६ ले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने समेत  अपेक्षा गरिएको आयोजक प्रतिनिधि हरुले बताएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?