पाणिनी गाउँपालिकाको आर्थिक प्रगति सार्वजनिक, कुल खर्च ८७.८६% र आय ९४.३८%

Workplace

अर्घाखाँची। पाणिनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। मिति २०८२ असार २५ गते प्रकाशित सूचनाअनुसार गाउँपालिकाले सो आर्थिक वर्षमा ६६ करोड २३ लाख ९४ हजार रुपैयाँको अनुमानित आय मध्ये ६२ करोड ५२ लाख ५ हजार ८२ रुपैयाँ ८५ पैसा आर्जन गर्न सफल भएको छ, जुन ९४.३८% हो।

गाउँपालिकाको लेखा शाखाबाट उपलब्ध गराइएको विवरणअनुसार खर्चतर्फ चालु बजेटको विनियोजन ४९ करोड ३७ लाख ४२ हजार रुपैयाँ थियो। उक्तमध्ये ४३ करोड ५ लाख ४ हजार ४९६ रुपैयाँ ३९ पैसा खर्च भएको छ, जुन ८७.१९% हो।

त्यस्तै, पुँजीगत बजेटतर्फ १६ करोड ८६ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएकोमा १५ करोड १५ लाख ४ हजार ६०८ रुपैयाँ खर्च गरिएको छ, जसको खर्च प्रतिशत ८९.८३% रहेको छ।

दुवैतर्फको खर्च समेट्दा गाउँपालिकाको कुल विनियोजन ६६ करोड २३ लाख ९४ हजार रुपैयाँ रहेकोमा ५८ करोड २० लाख ९ हजार १०४ रुपैयाँ ३९ पैसा खर्च भएको छ। यो रकम ८७.८६% हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने र लेखा अधिकृत मोहन खनालद्वारा हस्ताक्षरित सूचनामा लेखाङ्कन कार्य बन्द गरिएको जानकारी गराउँदै उक्त प्रगति हासिल गर्नमा योगदान गर्ने सबै तहका जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, सञ्चारकर्मी, सरोकारवाला तथा सम्पूर्ण पाणिनीबासीप्रति आभार व्यक्त गरिएको छ। साथै, आगामी दिनमा अझ प्रभावकारी कार्य सम्पादन र सहकार्यको अपेक्षा पनि गाउँपालिकाले व्यक्त गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

सिद्धार्थ रोयलमाथि प्रिन्ट हब किंग्सको दबदबा, विपिन भट्टराई बने जितका नायक

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

छुटाउनुभयो कि ?