जापानमा सोमबार भारी वर्षा हुँदा टोकियोसहित पूर्वी जापानको जनजीवन प्रभावित

समाचार सारांश
Auto Generated by AI
  • जापानमा भएको भारी वर्षाका कारण टोकियोसहित पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ।
  • बाढी र पहिरोको जोखिम बढेपछि प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • वर्षाका कारण एक महिलाको मृत्यु हुनुका साथै विद्यालय र रेल सेवा अवरुद्ध भएका छन्।

जापानमा सोमबार भारी वर्षा हुँदा टोकियोसहित पूर्वी जापानका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ।

Workplace

जापानको मौसम विज्ञान एजेन्सीले टोकियोको दक्षिणमा रहेका निजिमा र ओशिमा टापुसहित विभिन्न क्षेत्रमा पहिरो, बाढी र नदीको सतह बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। एजेन्सीका अनुसार निजिमामा २४ घण्टामा ४८० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। इजु ओशिमा टापुमा स्थानीय समय अनुसार सोमबार बिहान ९:१० बजेसम्म २४ घण्टामा ५५५ मिलिमिटर वर्षा भएको छ, जुन अत्याधिक वर्षामध्ये एक हो।

भारी वर्षाका कारण टोकियो, चिबा, कानागावा र आसपासका क्षेत्रमा डुबान परेको छ। चिबामा भारी वर्षाका कारण दुई जना सामान्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। फुकुशिमा प्रान्तको इवाकीमा अन्डरपासमा डुबेको कारबाट ६० वर्षकी एक महिलालाई बेहोस अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो। उनलाई अस्पतालले मृत घोषित गरेको स्थानीय अग्नि नियन्त्रण विभागले जनाएको छ। अर्को कारमा रहेका व्यक्ति भने सकुशल बाहिरिएका छन्।

भारी वर्षाका कारण देशभर ७४८ सार्वजनिक प्राथमिक र माध्यमिक विद्यालयले कक्षा रद्द गरेका छन्। रेल सेवा पनि प्रभावित भएको छ। पूर्वी जापान रेलवेको यामानोते, चुओ र सोबु लाइनमा सामान्यभन्दा २० देखि ३० प्रतिशत कम रेल सञ्चालन भएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?