सभापति श्रेष्ठको नाम सांसदमा एकल सिफारिशको माग, तर किन मानेनन् ?

लुम्बिनी – फागुन २१ गते हुने निर्वाचनमा भाग लिने उम्मेद्वारको टुंगो लगाउन बसेको नेपाली कांग्रेस अर्घाखाँचीको बैठक बिना निश्कर्ष सकिएको छ । उम्मेद्वार सिफारिश गर्न बसेको बैठक शुक्रवारका लागी सरेको हो ।

Workplace

जिल्ला कार्यसमितिले आयोजना गरेको बैठकमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्रिय सभापति, पालिका सभापति, भातृ तथा सुभेच्छुक संस्था लगायतलाई आमन्त्रण गरिएको थियो । दिनभर पार्टी कार्यालयमा छलफल भएपनी बैठकले कुनै निचोड निकाल्न सकेन । शुक्रवार बस्ने बैठकले प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा उम्मेद्वारको टुंगो लगाउने जिल्ला सचिव कृष्ण खनालले जानकारी दिए ।

हलमा सभापति श्रेष्ठको नाम एकल सिफारिश गर्नुपर्ने माग उठ्यो, तर पार्टी मिलाउनु पर्छ भनेर मानेनन्

हलमा बोल्ने अधिकांश वक्ताले अबको उम्मेद्वार नयाँ तथा युवा अनुहार हुनुपर्छ भनिरहेका थिए । हलमा सभापति श्रेष्ठको नाम एकल रुपमा सिफारिश गर्न नाराबाजी नै भयो । सबैजसोले सभापतिको नाम एकल रुपमा पठाउनु पर्ने आवाज उठाएपनि स्वयं सभापति राजी भएनन् । उनले भने ‘म सभापति हँु, सबैलाई मिलाएर लैजानु मेरो दायित्व हो । म आफै आफ्नो एकल नाम पठाउन शोभा दिदैन ।’

युवादेखी जेष््ठ नागरिक सम्मले सभापती श्रेष्ठलाई दवाब दिँदापनि उनी राजी भएनन् । अन्य जिल्लामा उम्मेद्वारका लागी रस्साकस्सी चलिरहँदा अर्घाखाँचीमा एकल नाम सिफरिश गर्न सबैले जोड दिंदा सभापति राजी नहुँदा बैठकनै अन्यौलमा प¥यो ।

नेपाल खोज खबरको कुराकानीमा सभापति श्रेष्ठले एकल नाम पठाउन दवाब आएको बताए । ‘साथीहरुले एकल नाम सिफारिश गर्न अनुरोध गर्नुभएको हो, उनले भने,‘म सभापतिका नाताले पार्टीलाई एकढिक्का बनाएर लैजानु पर्छ ।’ सबै साथीहरुको भावनाको कदर गर्दै समेट्ने प्रयास गर्नेछु ।

उनका अलावा लेखनाथ पोख्रेल, मुक्तीराम श्रेष्ठ लगायत पनि आकाँक्षी छन् । जो आएपनि टेस्टेड पात्र आउन नदिन कांग्रेसका युवाहरुले दवाब बढाएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?