डोनाल्ड ट्रम्पले ४७औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै, आप्रवासन नीतिमा ऐतिहासिक कदमको तयारी

 अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज वाशिङ्टन डीसीस्थित ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा आयोजित समारोहमा अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि निर्वाचित ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ गराउनेछन्।

Workplace

 

ट्रम्पको शपथ ग्रहणसँगै उपराष्ट्रपति जेडी भान्सले पनि पदभार ग्रहण गर्नेछन्। समारोहलाई भव्य बनाउन विभिन्न सांगीतिक प्रस्तुति, सेलिब्रिटी परेड, र साँझमा आयोजना हुने बल डान्सजस्ता कार्यक्रमहरू राखिएका छन्। विश्वका प्रमुख नेताहरू र विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको यस समारोहलाई ऐतिहासिक रूपमा लिइएको छ।

 

पहिलो दिनमै आप्रवासन नीतिमा नयाँ अध्यादेश

शपथ ग्रहणसँगै ट्रम्पले आफ्नो दोस्रो कार्यकालको प्राथमिकतामा रहेको आप्रवासन नीतिलाई अघि बढाउने तयारी गरेका छन्। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार, ट्रम्पले सीमापार आप्रवासन नियन्त्रणका लागि कडा कदम समेटिएको अध्यादेश जारी गर्नेछन्।

 

यस नीतिले अमेरिकाभित्र रहेका अनधिकृत आप्रवासीहरूसँगै मेक्सिको सीमामा शरण खोजिरहेका आप्रवासीहरूको अवस्था जटिल बनाउन सक्ने अनुमान गरिएको छ। नीतिले रोजगार, आवास, र सामाजिक सेवाका क्षेत्रमा नयाँ कडाइको प्रस्ताव गरेको छ। ट्रम्पको यो कदमले समर्थकहरूमाझ उत्साह थपेको छ भने आलोचकहरूले यसलाई मानवअधिकार र लोकतान्त्रिक मान्यताविरुद्धको प्रयास भनेका छन्।

 

विश्वव्यापी चासो र प्रतिक्रिया

ट्रम्पको दोस्रो कार्यकालप्रति अन्तर्राष्ट्रिय जगतको विशेष चासो रहेको छ। विश्वका प्रमुख नेताहरू शपथ ग्रहण समारोहमा सहभागी भएका छन् भने धेरै देशले ट्रम्प प्रशासनको नीतिबाट उत्पन्न हुन सक्ने प्रभावको आकलन गरिरहेका छन्।

 

विशेष गरी, आप्रवासनजस्तो संवेदनशील विषयमा कडा नीति अवलम्बन गर्दा विश्वभर विविध प्रतिक्रिया आउने देखिएको छ। समर्थकहरूले यो कदमलाई अमेरिकाको सीमासुरक्षाका लागि ऐतिहासिक निर्णय भनेका छन्, जबकि आलोचकहरूले यसले आप्रवासीहरूमाथि अन्याय गर्ने दाबी गरेका छन्।

 

ट्रम्पको सम्बोधनमा चासो

शपथ ग्रहणपछि ट्रम्पले चियापान कार्यक्रममा सम्बोधन गर्नेछन्। उनले आफ्नो दोस्रो कार्यकालका मुख्य योजना र प्राथमिकताबारे सन्देश दिने अपेक्षा गरिएको छ। उनको सम्बोधनले आगामी चार वर्षका लागि अमेरिकाको नीति र रणनीतिलाई स्पष्ट संकेत दिनेछ।

 

आप्रवासनदेखि आर्थिक सुधार, अन्तर्राष्ट्रिय सम्बन्धदेखि जलवायु परिवर्तनजस्ता विषयमा ट्रम्पको दृष्टिकोणले उनको कार्यकाल कस्तो हुनेछ भन्ने झल्को दिनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?