icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

 ‘अखिल भारत नेपाली एकता मञ्च’ अब ‘नेपाली समाज भारत’ — पञ्जाबमा सम्पन्न ९औं राष्ट्रिय सम्मेलनद्वारा घोषणा, ९९ सदस्यीय केन्द्रिय समिति चयन

नयाँ दिल्ली – ‘अखिल भारत नेपाली एकता मञ्च’ अब ‘नेपाली समाज भारत’ — पञ्जाबमा सम्पन्न ९औं राष्ट्रिय सम्मेलनद्वारा घोषणा, ९९ सदस्यीय केन्द्रिय समिति चयन भएका छ्न ।

Workplace

४६ वर्षदेखि प्रवासी नेपालीहरूको हकहित, पहिचान र संस्कृति संरक्षणमा क्रियाशील ‘अखिल भारत नेपाली एकता मञ्च’ अबदेखि ‘नेपाली समाज भारत’ (दर्ता) नामले परिचालित हुने भएको छ। पञ्जाब राज्यमा भव्य रूपमा सम्पन्न नवौं राष्ट्रिय सम्मेलनले सर्वसम्मत रूपमा यस्तो ऐतिहासिक निर्णय गरेको हो।

सम्मेलनमा भारतभरिबाट आएका प्रतिनिधिहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी वर्ग र समाजसेवीहरूको उल्लेखनीय सहभागिता थियो। सम्मेलनको अध्यक्षता केन्द्रिय अध्यक्ष जगत बहादुर मल्लले गरेका थिए भने महासचिव आर. बी. खड्काले संगठनको इतिहास, हालको गतिविधि र भावी योजनाहरूको समेटिएको विस्तृत प्रतिवेदन प्रस्तुत गरे।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आम आदमी पार्टीका वरिष्ठ नेता तथा विधायक श्री अमन अरोरा  सम्मेलनमा प्रमुख अतिथि नेपाल सरकारका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूसाल, विशेष अतिथि लक्ष्मण पंत, विशिष्ट आमन्त्रित संस्थाका अभिभावक टी. बी. पाठक विशिष्ट अतिथि   उपस्थित लगायत  भारतीय समाजसेवी तथा बुद्धिजीवी वर्गका अग्रणी व्यक्ति, नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, तथा विभिन्न राज्यका सामाजिक अगुवाहरूको उपस्थिति उल्लेखनीय रहेको थियो ।

कार्यक्रमले संस्थागत पुनर्संरचना गर्दै ९९ सदस्यीय नयाँ केन्द्रिय समिति गठन गरेको छ, जसमा विभिन्न राज्य, क्षेत्र, वर्ग र पेसागत क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

महासचिव आर. बी. खड्काले सम्मेलनपश्चात जारी गरेको प्रेस वक्तव्यमा भने, “४६ वर्षको लामो यात्रालाई अझ प्रभावकारी बनाउँदै हामीले अब ‘नेपाली समाज भारत’ को नामबाट नयाँ उचाइमा पुग्ने यात्राको सुरुवात गरेका छौं। यो नामले संस्थालाई अझ व्यापक, समावेशी र सशक्त बनाउने विश्वास लिएका छौं।”

अध्यक्ष जगत बहादुर मल्लले सम्मेलनलाई ऐतिहासिक संज्ञा दिँदै भने, “यो केवल नाम परिवर्तन होइन, अभियानको पुनःसंयोजन हो। प्रवासी नेपालीहरूबीचको एकता, पहिचान, भाषा र संस्कृतिको संरक्षण हाम्रो प्रमुख उद्देश्य हो।”

सम्मेलनले आगामी दिनहरूमा भारतभर रहेका नेपाली मूलका समुदायका हितमा विभिन्न सामाजिक, शैक्षिक, साँस्कृतिक तथा सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

पञ्जाबमा सम्पन्न यस भव्य सम्मेलनले ‘नेपाली समाज भारत’ नामलाई अब प्रवासी नेपालीको साझा पहिचान बनाउने बताएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?