icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

मुगुको चुगा गाउँ आगलागी पीडितलाई राहत वितरण, विदेशबाट समेत सहयोग सङै छायाँनाथ रारा नगरपालिकाको पनि आर्थिक सहयोग

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–८ चुगा गाउँमा केही दिनअघि भएको आगलागीका पीडितलाई राहत सामग्री वितरण गरिएको छ।

Workplace

देवलाल बिकको घरमा भएको आगलागीको घटनामा घर पूर्णरूपमा जलेर नष्ट भएको थियो। घटनापछि नेपाल खोज खबरका मुगु संवाददाता रतन रावलद्वारा समाचार सम्प्रेषण भएको २४ घण्टा नबित्दै राहत जुट्न थालेको हो।

विदेशमा रोजगारीका क्रममा कतारमा रहनुभएका मुगु छायाँनाथ रारा नगरपालिका–३ तुमका राजन रावलले पीडित परिवारलाई चामल, तेल, चिनी, मट मसला र स्वास्थ्य सामग्रीसहितका राहत सामग्री पठाउनुभएको छ। त्यस्तै छायाँनाथ रारा नगरपालिका–७ का विकास शाहीले समेत आर्थिक सहयोग गर्नुभएको छ। साथै छायाँनाथ रारा नगरपालिका ले पनि उक्त परिवार लाई  आर्थिक सहयोग गरेको छ । छायानाथ रारा नगरपालिकाले खाद्यान्न सामग्री चामल तेल लत्ता कपडा त्रिपाल पाल हार्दिक सहयोगको लागि पनि कुरा अघि बढेको जानकारी गराउनुभएको छ।

स्थलगत रूपमा मुगु संवाददाता रतन रावलले घटनास्थल पुगेका थिए। उनले आगलागी पीडितका लागि स्थानीयवासी र परदेशी मुगुवासीहरूबाट सहयोग आउने क्रम निरन्तर जारी रहेको जानकारी दिएका छन्।

आगलागीबाट पूर्ण रूपमा घरबारविहीन बनेका देवलाल बिकका परिवार अहिले अस्थायी टहरामा बसोबास गर्दै आएका छन्। स्थानीय प्रशासनले पनि आवश्यक सहयोगको तयारी गरिरहेको बताइएको छ।

सामाजिक अभियन्ता र स्थानीयवासीहरूले भने सहयोगका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?