२६ फाल्गुन २०८२, मंगलबार

वर्तमान सरकार भष्ट्राचारी अनियमितता र विसंगतिको मतियार बनेको आरोप लगाएका छन्।:पूर्वमन्त्री चक्रपाणि खनाल

अनिल नेपाली 

Workplace

नेकपा माओवादी (केन्द्र) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले वर्तमान सरकार भष्ट्राचारी अनियमितता र विसंगतिको मतियार बनेको आरोप लगाएका छन्।

अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिकाकाे तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्वाेधन गदै नेता बलदेवले यस्तो बताएका हुन् ।

नेता बलदेवले सरकारकाे नीति नै भष्ट्राचारलाई संरक्षण गर्ने उद्देश्यले बिभिन्न बिधेयकहरु ल्याइरहेको दाबी गर्दै यसको व्यापक विरोध गर्नुपर्ने बताउदै माओवादी केन्द्रले सरकारको कमजोरीको भण्डाफोर गर्दै निरन्तर खबरदारी गर्ने बताए। उनले भने, “अहिलेको सरकार इतिहासकै निकम्मा साबित भएको छ।

नीति निर्माणका नाममा अनेक बाहाना बनाएर भष्ट्राचारको ढोका खुला गर्ने विधेयकहरू ल्याइँदैछ। यस्तो गलत अभ्यासको विरोधमा हामी निरन्तर खबरदारी गरिरहेका छौं।

सरकारको गलत नीति सुधार नभएसम्म हाम्रो अभियान जारी रहने बताउदै माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार र वेथितिविरूद्ध अभियान सुरू गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागि परेको आरोप लगाए ।

भ्रष्टाचारीहरूको लहरो तान्दै जाँदा ठूलै घरानासमेत पर्ने देखिएपछि जालझेल गरेर माओवादी नेतृत्वको सरकार ढालिएको बताए ।

फरक प्रसगमा नेता खनालले बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना छैन, विप्लवजी लगायत साथीहरूसंग चाँडै एकता हुने बताए कार्यक्रममा केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल केन्द्रीय सदस्य ठाकुर विक छमकुमारी खनाल चिनारी लगायतले कार्यक्रममा मन्तब्य राख्नु भएको थियोे कार्यक्रममा प्रदेशका सचिवालय सदस्य ,सदस्य जिल्लाका नेता कार्यकर्ता सल्लाहकार विभिन्न जनसगठनका प्रमुख तथा प्रतिनिधिकाे सहभागीता रहेको थियाे अधिवेशनले शाेभाखर भुसालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ जसकाे उपाध्यक्ष हेमराज भुसाल , कमरेड चन्द्रमणी खनाल , सिता जिसी , सचिवमा बिष्णु पुन र काेषाध्यक्षमा बाबुराम रसाइली र निबार्चित हुनुभएको जनाईएकाे छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?