आइतबार सूर्यदेवको पूजा गर्नाले समाजमा आदर र सम्मान प्राप्त हुने विश्वास

काठमाडौं । हिन्दू धर्मशास्त्रअनुसार हरेक दिन कुनै न कुनै देवी–देवताको पूजा गर्ने प्रचलन छ। त्यसैअनुसार आइतबार सूर्यदेवको पूजा गर्ने दिनका रूपमा मानिन्छ।

Workplace

धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्यदेवको आराधना गर्नाले समाजमा आदर र सम्मान प्राप्त हुन्छ भन्ने विश्वास गरिएको छ। साथै, यस दिन सूर्य मन्त्रको जप गर्नाले कुण्डलीमा रहेको सूर्य दोष नाश हुने जनविश्वास पनि रहिआएको छ।

यस्तो छ पूजा गर्ने विधि

आइतबार बिहान सबेरै उठेर स्नान गरेर नजिकको मन्दिरमा गई भगवानको दर्शन गर्नुपर्छ। त्यसपछि सूर्यदेवलाई जल अर्पण गर्नाले कुण्डलीमा रहेको दोष हट्ने मान्यता छ।

पूजामा सूर्यदेवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल र चामल चढाउनुपर्छ। साथै, गुड वा गुडबाट बनेका परिकार अर्पण गर्नुपर्छ।

मन्त्र जप पूजापछि तलका मन्त्रहरूमध्ये कुनै एकको जप गर्न सकिन्छ

“प्रातः स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्॥ ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे॥ त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्॥”

मन्त्र जप सकेपछि निधारमा रातो चन्दन लगाउनुपर्छ। यसो गर्दा सूर्यदेव प्रसन्न हुने र जीवनमा प्रकाश, सम्मान र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?