कर्णाली कोरिडोरको खुलालुबाट लालीघाटसम्मको सडक जेठ २० गतेदेखि २४ गतेसम्म बन्द

काठमाडौ – कर्णाली कोरिडोर (दक्षिण खण्ड) खुलालु सल्लीसल्ला सडकअन्तर्गत कालीकोटको खुलालुबाट लालीघाटसम्मको सडक पाँच दिन बन्द हुने भएको छ ।

Workplace

जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना निकालेर कोरिडोरकाे दक्षिण खण्ड खुलालुबाट लालीघाटसम्मको सडकमा आरसीसी गर्नुपर्ने भएकाले आउँदो जेठ २० गतेदेखि २४ गतेसम्म बन्द गर्न लागेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार सडक स्तरउन्नतिको समयमा उत्तरतर्फ बाजुरा, हुम्ला र मुगुलगायतका जिल्लाबाट छुट्ने गाडीलाई लालीघाटसम्म आउन दिने व्यवस्था गरिएको छ ।

त्यस्तै दक्षिणतर्फ सुर्खेत, दैलेख, अछामलगायतका जिल्लाबाट छुटेका गाडी कालेखोला जिरोपइन्टसम्म आवतजावतको व्यवस्था मिलाइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?