प्रतिनिधिसभा बैठक आज, नागरिकता र प्रहरीसम्बन्धी विधेयकमाथि छलफल

 

Workplace

काठमाडौं— संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

- Advertisement -Workplace

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन, २०८१ पेश गरिनेछ। त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नुहुनेछ। यस विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले विरोधको सूचना दिएका छन्, जसलाई निर्णयार्थ पेश गरिनेछ।

त्यसैगरी, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। गृहमन्त्रीले यी विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेश गर्नुहुनेछ।

बैठकमा नागरिकता, प्रहरी संगठन र आर्थिक विधेयकहरूमाथि छलफल हुने भएकाले सांसदहरूको व्यापक चासो रहने अपेक्षा गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?