icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

कांग्रेसमा दुई धार स्पष्ट : गगन–विश्वप्रकाश र संस्थापनबीच शक्ति प्रदर्शनका भेला

काठमाडौँ । नेपाली कांग्रेसभित्र ‘विशेष महाधिवेशन’ र ‘नियमित महाधिवेशन’ भन्ने बहस तीव्र भइरहेका बेला दुबै पक्षले शक्ति प्रदर्शनका लागि भेला बोलाएका छन्।

Workplace

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहको भेलाको प्रत्युत्तरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि आज बिहान साढे ११ बजे गौशालास्थित अनुपम फुडल्याण्डमा विशेष भेला आह्वान गरेका हुन्।

नियमित महाधिवेशन पक्षमा कांग्रेसको संस्थापन समूह र डा. शेखर कोइराला नेतृत्वको इतर समूहका नेताहरू रहेका छन्। सो भेला नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा आयोजना गरिएको हो।

आयोजकको सूचीमा कांग्रेस बागलुङका सभापति जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला बर्मा, पुष्प शाही, लाओस राई, दीपक भट्टराई, शिव रिमाल, प्रेमिका रानामगर, भुवन भट्ट, विपिन अधिकारी र इन्दु शर्मा लगायतका नाम समावेश छन्।

कर्ण, शाही, राई, भट्टराई, अर्याल, रिमाल र रानामगर डा. कोइराला समूहसँग आबद्ध छन् भने शेरचन, श्रेष्ठ र पुष्प शाही संस्थापन पक्षका नेता हुन्। शेरचनले १४औँ महाधिवेशनमा नेता कृष्ण सिटौलाको प्यानलबाट बागलुङको सभापति जितेका थिए।

यसअघि असोज २९ गते महामन्त्रीद्वय शर्मा र थापाको अगुवाइमा नेता गुरुराज घिमिरेको नेतृत्वमा संकलित विशेष महाधिवेशन माग गर्दै करिब दुई हजार प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो।

हाल पार्टी केन्द्रीय समितिमा विशेष र नियमित महाधिवेशनका छुट्टाछुट्टै कार्यतालिका प्रस्तावित भए पनि नेपाली कांग्रेसले यसबारे कुनै अन्तिम निर्णय गर्न सकेको छैन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?