काठमाडौं – नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे काठमाडौं जिल्ला अदालतले थप प्रमाण पेश गर्न निर्देशन दिएको छ।

जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै प्रहरीले प्रस्तुत गरेको आधार पर्याप्त नदेखिएकाले थप प्रमाण पेश गर्न आग्रह गरेको अदालत स्रोतले जानकारी दिएको हो।
बस्नेतविरुद्ध शोभा पाठकले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी थिइन्। सोही निवेदनका आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गर्न अनुमति माग्दै अदालतमा पुर्जी दर्ता गरेको थियो। तर अदालतले तत्काल अनुमति नदिई प्रमाण पूरक गर्न निर्देशन दिएको हो।
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न पीडित परिवारले दिएको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।
ताजा अपडेटका लागि हामीलाई फेसबुक पेजमा पछ्याउनुहोस्। हाम्रो फेसबुक पेजको लिङ्क https://www.facebook.com/share/17JsRa2WAe/
