icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

वाशिङ्टन — वाशिङ्टन डीसीको क्यापिटल यहूदी संग्रहालय (Capital Jewish Museum) नजिकै बुधबार साँझ गोलीबारी हुँदा इजरायली दूतावासका दुई कर्मचारीको मृत्यु भएको छ। घटनामा अन्य तीन व्यक्ति घाइते भएका छन्। मृतकमध्ये एक जना इजरायली कूटनीतिज्ञ रहेको पुष्टि भएको छ ।

Workplace

घटनास्थल अमेरिकी संघीय अनुसन्धान ब्युरो (FBI) को फिल्ड अफिस र अमेरिकी अटर्नीको कार्यालय नजिकै रहेको छ। गोलीबारी संग्रहालयमा आयोजित “Young Diplomats Reception” कार्यक्रममा सहभागी भएपछि बाहिर निस्कँदै गर्दा भएको बताइएको छ ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएम (Kristi Noem) ले घटनालाई “अर्थहीन आक्रमण” भन्दै पुष्टि गरेकी छन्। अमेरिकी महान्यायाधिवक्ता पाम बन्डी (Pam Bondi) र पूर्व न्यायाधीश जीनिन पिरो (Jeanine Pirro) घटनास्थलमा पुगेका थिए। FBI निर्देशक काश पटेल (Kash Patel) ले मेट्रोपोलिटन प्रहरी विभागसँग मिलेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

इजरायली राष्ट्रसंघका राजदूत ड्यानी डानन (Danny Danon) ले घटनालाई “घृणित यहूदीविरोधी आतंकवादी आक्रमण” भन्दै कडा शब्दमा निन्दा गरेका छन् र दोषीलाई कडा कारबाही गर्न अमेरिकी अधिकारीहरूलाई आग्रह गरेका छन् ।

अहिलेसम्म घटनाको स्पष्ट उद्देश्य सार्वजनिक भएको छैन तर  प्रहरी विभागले एक व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा लिएको जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?