दाङमा बिजुलीको पोलमा बाँधेर महिलामाथि मरणासन्न हुने गरी कुटपिट

प्रदिप राज कुवार 

Workplace

दाङ – घोराही उपमहानगरपालिका-१० निवासी २६ वर्षीया शिला चौधरीमाथि घोराही-११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही महिलाहरुले मरणासन्न हुने गरी कुटपिट गरेका छन्।

कागजी मिलापत्र गरेर पठाएपछि अहिले महिला अधिकारकर्मीहरुको पहलमा प्रहरी कार्यालयमा उजूरी दर्ता गरिएको छ।

अधिकारकर्मी खुमा खड्काले महिलालाई अत्यन्तै तल्लोस्तरमा दुर्व्यवहार गरिएकाले न्याय दिनका लागि प्रहरी कार्यालयमा पहल गरिएको र हाल पीडकलाई कारबाहीको माग गर्दै अभद्र व्यवहारमा उजूरी दर्ता गरिएको जानकारी दिइन्।

पीडित शिलालाई गोपालले साँझ आफ्नो घरमा बोलाएको बेला उनकी श्रीमतीसमेत विभिन्न व्यक्तिहरुले घरभित्र कुटपिट गरी लछारपछार गरेका थिए। फेरि बाहिर बिजुलीको पोलमा ल्याइ डोरीले बाँधेर मरणासन्न हुने गरी कुटपिट गरेको भिडियोसमेत सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहका अनुसार घटना चैत ९ गते हाे। अनुसन्धानका लागि तीन जनालाई हिरासतमा राखिएकाे छ भने प्रहरीले कारण खुलाउन चाहेकाे छैन।

‘अनुसन्धान भइरहेको छ। सबै कारण खुलेपछि हामी बताउछाैँ,’ उनले भने, ‘अनुसन्धानकाे लागि साेधपुछ गर्ने काम चलिरहेको छ।’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?