नयाँ दिल्ली – नेपालका लागि भारतीय राजदूत डा. शंकर प्रसाद शर्माले आज उत्तर प्रदेशका मुख्यमन्त्री श्री योगी आदित्यनाथसँग शिष्टाचार भेटवार्ता गरेका छन्। लखनऊमा सम्पन्न भएको यस भेटमा नेपाल-भारत सम्बन्धका विविध आयाम, आपसी सहयोग तथा द्विपक्षीय साझेदारीका विषयमा विस्तृत छलफल भएको शर्माले बताएका छ्न।

मुख्यमन्त्री योगी आदित्यनाथसँगको वार्तामा नेपाल-उत्तर प्रदेशबीच व्यापार, पर्यटन, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने उपायहरूमाथि विशेष कुराकानी भएको जनाएका छ्न। दुवै पक्षले नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ गर्दै आपसी सहयोगका क्षेत्रमा नयाँ पहल गर्नुपर्नेमा जोड दिएको उल्लेख गरेका छ्न ।
विशेष रूपमा, राजदूत शर्माले गोरखपुरमा निर्माणाधीन “गोर्खा संग्रहालय” सम्बन्धी आदित्यनाथ सरकारको पहलको उच्च प्रशंसा गरेका छ्न। यस संग्रहालयले नेपाल-भारतबीचको सांस्कृतिक एवं ऐतिहासिक सम्बन्ध झल्काउनुका साथै गोरखा समुदायको वीर गाथा तथा योगदानको सम्मान गर्ने उद्देश्य राखेको छ ।
यस अवसरमा, नेपाल-भारत सीमावर्ती क्षेत्रका विकास परियोजनाहरू, व्यापारिक सहजीकरण, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, विद्युत तथा पूर्वाधारका क्षेत्रमा सहकार्य लगायतका विषयमा गहन छलफल भएको बताएका छ्न उत्तर प्रदेश भारतको सबैभन्दा ठूलो राज्यमध्ये एक भएकाले नेपालसँगको व्यापार तथा पारवहन सुधारमा यसको विशेष भूमिका रहेको छ ।

