२६ फाल्गुन २०८२, मंगलबार

मुगुमा अक्कल कोपिला फाउन्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपाल खोज खबर संवाददाता रतन रावल मुगु — अक्कल कोपिला फाउन्डेसनले मुगु जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

Workplace

 

 

छायाँनाथ रारा नगरपालिका–९ मुर्मा गाउँस्थित श्री राष्ट्र  माध्यमिक विद्यालयका ९३ जना विद्यार्थीलाई पाँच–पाँच वटा कापी, दुई–दुई वटा डट पेन, इलिजर र अशक्त, अपाङ्गता तथा टुहुरा पाँच बालबालिकालाई कपडा सहितका सामग्री वितरण गरिएको हो।

त्यस्तै, सोही दिन छायाँनाथ  नगरपालिका–३ माथि तुमा स्थित श्री नेपाल आधारभूत विद्यालयका १४ जाना विद्यार्थीलाई पाँच–पाँच वटा कापी, डट पेन, सिसाकलमसहित चप्पल प्रदान गरिएको छ।

साथै, विद्यालय व्यवस्थापन कार्यलय सयोगि  लाई एक जोर ड्रेस समेत हस्तान्तरण गरिएको हो ।

फाउन्डेसनले भोलि छायाँनाथ रारा नगरपालिका–८ चुगा गाउँका ३२ जना विद्यार्थीलाई पनि शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ।

साथै, मुगम कारमारुङ गाउँपालिका–९ स्थित राष्ट्रिय आधारभूत विद्यालयका ८२ विद्यार्थीलाई पनि आजै शैक्षिक सामग्री वितरण गरिएको छ।

अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहोराले देशभरका विपन्न, दुःखी अ सहारा नपाएका व्यक्तिहरूलाई निरन्तर सहयोग पुर्‍याउँदै आएका छन्। मुगुमा धर्मशाला, मठ–मन्दिर र विद्यालयहरूमा समेत ठूलो योगदान पुर्‍याउँदै आएका बोहराले अहिलेसम्म करिब ३ करोड रुपैयाँ बराबरका सामग्री वितरण गरिसकेको फाउन्डेसनले नेपाल खोज खबर लाई जानकारी दिय।

“दिन दुःखी, विपन्न जनताका भगवान बनेर जहाँ दुःख पीडा छ, त्यहाँ पुग्ने हाम्रो संकल्प हो,” संस्थापक बोहोराले बताए।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी ()
  • खुसी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?