मुख्यमन्त्रीकै जिल्लामा शवगृह फ्रिज बिग्रँदा जनता आक्रोशित : “सरकार जनगुनासो सुन्न तयार छैन ?”

अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा शव राख्ने फ्रिज महिनौँदेखि बिग्रिएको छ । मृतकलाई सुरक्षित राख्ने फ्रिज नभएपछि अहिले पनि आफन्तहरू काठको बाकसमा आइस राखेर शव सुरक्षित राख्न बाध्य भएका  छन् ।

Workplace

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकामा  फ्रिज बिग्रिएको विषय यसअघि नै  जिल्ला र देशव्यापी रूपमा चर्चामा आइसकेको थियो । सोही क्रममा सम्बन्धित निकायले पत्रकार सम्मेलनमार्फत तत्काल मर्मत हुने र आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाएको थियो । तर आजसम्म पनि उक्त फ्रिज मर्मत नभएर मृतकलाई आइससहित बाकसमा राख्नुपर्ने बाध्यता सिर्जना हुनु प्रदेश सरकार र सम्बन्धित निकायहरूको संवेदनशीलतालाई प्रश्नमा ल्याएको छ ।

यतिबेला अर्घाखाँचीका नागरिक र स्वतन्त्र युवाहरू खुलेरै बोल्न थालेका छन् । उनीहरूले सरकार निकम्मा भए आफूहरू मिलेर सहयोग गर्न पछाडि नहट्ने चेतावनी दिएका छन् । तर बारम्बार जनस्तरबाट आवाज उठ्दा पनि प्रदेश सरकारले वास्ता नगर्नु दुःखद भएको स्थानीयवासीहरूको भनाइ छ ।

देशमा केही दिन पोहिला जनगुनासो  व्यवस्था हुदा  भ्रष्टाचार व्यापक चरम सिमा नागे पोछी जन्ता सडकामा आए र देशमा  अकल्पनीय  क्षती हुन पुगेको थियो । अझै पनि सम्बन्धि सरकार वाला र सम्बन्धि निकायको ध्यानाकर्षण नहुने हो भने अर्घाखाँची जिल्लामा जन्ता आक्रोशित नहोलान भन सकिदैन सरकार र संबंधित निकाएको ध्यानाकर्षण गराउन चाहान्छौ ।

मुख्यमन्त्री चेतनारायण आचार्यकै गृहजिल्लामा यस्तो अवस्था हुँदा प्रश्नहरू उब्जिएका छन् ।सरकार वाला र  संबंधित निकाय  लाई नेपाल खोजखबरको प्रश्न ।

१ जनताको जीवन र मृत्यु दुवैलाई सरकार यसरी उपेक्षा गर्न सक्ने हो भने स्वास्थ्य सेवाको अस्तित्व केका लागि ?

२ प्रदेश र संघीय सरकार दुवैको प्राथमिकतामा जनस्वास्थ्य कहिलेसम्म बाहिरै रहिरहने हो ?

शवगृहमा फ्रिज मात्र होइन, अस्पतालमा अन्य अत्यावश्यक उपकरणहरूको समेत दीर्घकालीन योजना बनाउनुपर्ने बेला आएको छ । एउटा साधारण फ्रिज नहुँदा उत्पन्न हुने पीडा र अपमानजनक अवस्था सरकारले बुझ्नैपर्छ ।

हाम्रो सुझाब हाम्रो मिडिया जनमुखी दृष्टिकोण राख्छ र सरकारसँग सहकार्य गरेर समाज र देशको लागि निरन्तर सहयोग गर्न सधैं तत्पर छ। एक प्रतिष्ठित मिडियाको नाताले यस्ता विषय उजागर गर्नु हाम्रो दायित्व हो, समाधान खोज्न सहयोग गर्नु हाम्रो प्रतिवद्धता हो।

१ तुरुन्तै नयाँ फ्रिज उपलब्ध गराई मर्मत वा प्रतिस्थापन गर्ने दायित्व सरकारले लिनुपर्छ।

 २ अर्घाखाँची मात्र होइन, सबै जिल्लाका अस्पतालमा शवगृह, उपकरण र जनशक्ति व्यवस्थापन गर्न प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ।

३ जनगुनासोलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्दै सरकार जिम्मेवार देखिनु अपरिहार्य छ।

हाम्रो पुनः प्रश्न जनताको गुनासो सुन्न सरकार  र सम्बन्धि निकाय किन यति उदासीन ?”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?