किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ – सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको छ।

Workplace

गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित साह सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चका न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो।

यो आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयसमेत निस्तेज हुने अवस्थामा पुगेको छ। साहको उम्मेदवारी यथावत रहेमा धनुषा–१ बाट उनी निर्वाचित हुनेछन्।

आयोग स्रोतका अनुसार उम्मेदवारी खारेज भए पनि रास्वपाको चुनाव चिन्हमा सर्वाधिक मत खसेको छ। रास्वपाले उम्मेदवारी खारेज भए पनि घण्टीमा खसेको मतको छुट्टै गणना गर्न माग गरेपछि रास्वपाले पाएको मत आयोगले छुट्याएर राखेको छ।

यद्यपि आयोगले नेकपा उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिसकेको छ। उनलाई प्रमाणपत्रसमेत प्रदान गरिसकेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?