देउवाबारे काङ्ग्रेस प्रबक्ताको टिप्पणी : हमला हुने देख्दा देख्दै घर नछाड्ने ब्यक्ति कसरी देश छोडछ ?

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र देखा परेका विवाद र अन्योललाई केन्द्रीय समितिमार्फतै समाधान गर्नुपर्ने बताएका छन्।

Workplace

आइतवार पत्रकार भेटघाटमा उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर अभियानबारे चर्चा भइरहे पनि त्यसले कार्यकर्तामाझ भ्रम मात्र फैलाएको बताए। उनले भने, “अहिले हामी अफ्ठ्यारो स्थितिमा छौं। तर एकजुट भएर केन्द्रीय समितिमार्फत सम्पूर्ण विषयमा छलफल गरी सामूहिक निष्कर्ष निकाल्नेछौँ। यही प्रक्रियाले पार्टी पंक्तिमा उत्साह पनि जगाउनेछ।”

- Advertisement -Workplace

महतका अनुसार अधिवेशन प्रक्रियालाई समेत चाँडोभन्दा चाँडो केन्द्रीय समितिबाटै अघि बढाइनेछ।

उनले देउवाको बचाउ समेत गरेका छ्न  प्रवक्ता महतले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गरी भइरहेको प्रचारप्रति आपत्ति जनाए। उनले देउवा लोकतान्त्रिक आन्दोलनमा निरन्तर लड्दै आएको व्यक्ति भएको र अपराधी नभएको स्पष्ट पारे।

उनका भनाइमा, “पासपोर्ट बनाउनु हरेक नेपालीको हक हो। त्यसलाई अपराध ठहर्याउने प्रयास गरियो। देउवा भाग्ने मानसिकता बोकेको नेता होइन। शाही कालदेखि हालसम्म अनेकौँ लाञ्छना खेप्दा पनि उनले आन्दोलन छाडेनन्।”

महतले देउवामाथि साङ्घातिक आक्रमणको खतरा देखिँदा पनि घर नछोडेको उदाहरण दिँदै, देश छोडेर भाग्ने आशंका निराधार भएको बताए।

प्रवक्ता महतले पार्टीलाई कमजोर बनाउने नियतले ‘पुराना नेताहरूलाई चुनावमा लड्न दिन्नौं’ भन्ने धारणा फैलाइएको आरोप लगाए। उनले प्रश्न उठाए, “जनताले नेता रोज्ने अधिकारलाई रोक्ने तपाईंहरू को ?”

उनले कांग्रेसभित्र देखिएका असन्तुष्टिहरूलाई छलफल र प्रक्रियामार्फत मिलाउन सकिने विश्वास व्यक्त गरे।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?