२६ फाल्गुन २०८२, मंगलबार

लोकतन्त्रको विरोधी होइन: राप्रपा अध्यक्ष लिङ्देन

 

Workplace

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू लोकतन्त्रको विरोधी नभएको स्पष्ट पारेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गणतन्त्र लुटतन्त्रमा परिणत भए त्यसको निरन्तर विरोध गरिरहने बताएका छन्।

अध्यक्ष लिङ्देनले भने, ‘नेपालमा राजालाई स्पेस दिनुपर्छ। राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ। गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्ने अर्थमा कुरा राखियो। तपाईंले गणतन्त्र लडेर ल्याउनुभएको होस् अथवा विदेशीको बुइँ चढेर ल्याउनुभएको होस्, यदि त्यो लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर विरोध गरिरहन्छौं।’

उनले राजालाई राज्य सञ्चालन र राजनीतिमा भूमिका दिनुपर्ने धारणा राख्दै आफू त्यसै विचारको नेतृत्व गर्ने पार्टीको अध्यक्ष भएको बताए।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?