icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

जेन–जी आन्दोलनमा निधन भएकाहरूका लागि काठमाडौं महानगरको सहजीकरण

काठमाडौं, भदौ २७ – काठमाडौं महानगरपालिकाले जेन–जी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन तथा पीडित परिवारलाई सहयोगका लागि विशेष व्यवस्था गरेको छ।

Workplace

महानगरले मृतकका परिवारलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था, साथै घरसम्म शव पुर्‍याउन शववाहनको व्यवस्था मिलाएको छ। साथै, आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचार, उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापन लगायत आवश्यक सहजीकरणका लागि विशेष टोलीसमेत परिचालन गरिएको छ।

महानगरपालिकाका अनुसार यो विशेष टोलीमा जगदीश अर्याल, विज्ञान घिमिरे र ईश्वर वाग्ले रहेका छन्। टोलीले पीडित परिवारलाई प्रत्यक्ष सहयोग, समन्वय र सहजीकरण गर्ने जिम्मेवारी पाएको छ।

महानगरपालिकाले पीडित परिवारलाई सहयोग पुर्‍याउनका लागि सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ, जसका माध्यमबाट सहयोग तथा आवश्यक जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?