मुगुम रारा बहुमुखी क्याम्पसको १२ कोठे ३ तले पक्की भवनकाे उद्घाटन गर्दै छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भाम।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको रारा बहुमुखी क्याम्पसका लागि डेढ करोड लागतमा १२ कोठे पक्की भवन निर्माण सम्पन्न भएको छ।
  • छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा बनेको उक्त भवनको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।
  • नयाँ भवनले विद्यार्थीहरूलाई व्यवस्थित वातावरणमा उच्च शिक्षा हासिल गर्न सहज हुने विश्वास लिइएको छ।

रतन बहादुर रावल मुगु-मुगुको छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको रारा बहुमुखी क्याम्पसको १२ कोठे तीनत ले पक्की भवन उद्घाटन गरिएको छ । करिब डेढ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनको आज शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।छायाँनाथ रारा नगरपालिका–५ नाउरस्थित मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस ‘रारा बहुमुखी क्याम्पस’मा निर्माण भएको उक्त भवनले विद्यार्थीको पठनपाठनलाई व्यवस्थित बनाउन तथा उच्च शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Workplace

नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको भवनको पहिलो तला निर्माणको जिम्मा सुरेन्द्र निर्माण सेवाले लिएर सम्पन्न गरेको थियो, भने दोस्रो र तेस्रो तलाको निर्माण पीबीआर कन्स्ट्रक्सनले सम्पन्न गरेको हो। १२ कोठा रहेको तीनतले भवन निर्माणमा करिब डेढ करोड रुपैयाँ खर्च भएको जनाइएको छ ।भवन उद्घाटन गर्दै छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम ले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले प्राथमिकता दिँदै आएको बताए । उनले स्थानीय स्तरमै उच्च शिक्षा हासिल गर्न सहज वातावरण निर्माण गर्न शैक्षिक संस्थाको पूर्वाधार विकास महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

- Advertisement -Workplace

त्यस्तै, नगर उपप्रमुख ऐश्वर्य मल्लले नवनिर्मित भवनले विद्यार्थीलाई सहज र व्यवस्थित वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने बताइन् । उनले भौतिक संरचनाको विकाससँगै शिक्षाको गुणस्तर सुधारमा पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन् ।

नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि विद्यालय तथा क्याम्पसका भौतिक पूर्वाधारमा लगानी गर्दै आएको छ । रारा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणले मुगुमा उच्च शिक्षाको वातावरण सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।भवन निर्माणसँगै क्याम्पसको शैक्षिक गतिविधि सञ्चालनमा सहजता आउने विश्वास गरिएको छ । अब नवनिर्मित संरचनाको प्रभावकारी उपयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु क्याम्पसको महत्त्वपूर्ण जिम्मेवारी रहेको सरोकारवालाहरूले बताएका छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?