धरान मेयर हर्क साम्पाङले भोलि २४ गतेलाई शोक विदा घोषणा गरेका छन्

धरान  – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भोलि २०८२ भदौ २४ गतेलाई शोक विदा घोषणा गरेका छन्। उनले नगरका सम्पूर्ण सरकारी कार्यालय बन्द गर्न निर्देशन दिँदै हाल देशभर चलिरहेको Gen Z आन्दोलनमा ऐक्यबद्धता जनाउने बताएका छन्।

Workplace

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै साम्पाङले शोक विदाको कारण आन्दोलनका क्रममा निरपराध युवाको ज्यान गएको भन्दै श्रद्धाञ्जली अर्पण गर्ने बताए। उनले भने, “यो देश युवाको हो। उनीहरूको रगत र बलिदानलाई सम्मान गर्न हामी सबै संयमित र जिम्मेवार बन्नुपर्छ।”

साम्पाङले थप क्षति नहोस् भन्दै आन्दोलनलाई संयमित तर प्रभावकारी बनाउन आग्रह गरे। उनले आफू युवाको आन्दोलनसँगै रहेको स्पष्ट संकेत दिँदै, “I am with the youth, the people & the nation” भन्ने अभिव्यक्ति दिएका छन्।

धरान उपमहानगरपालिकाको यो निर्णयलाई धेरैले ऐतिहासिक मान्दै स्थानीय स्तरबाट आएको ठोस समर्थनका रूपमा व्याख्या गरेका छन्। अब भोलि धरान शहर शोकमा डुब्ने छ भने मेयर साम्पाङ प्रत्यक्षरूपमा युवाको आन्दोलनमा सहभागी हुने जनाएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?