जानेका हुनुपर्ने ठाउँमा उरन्ठेउला केटाहरू छन्, देश बर्बाद हुँदैछ : ओलीको चिन्ता

समाचार सारांश
Auto Generated by AI
  • अहिलेका उरन्ठेउला नेताहरूका कारण देश बर्बादीतर्फ गएकोमा अध्यक्ष ओलीले चिन्ता व्यक्त गरेका छन्।
  • असंवैधानिक कदम र चुनावको नाटकले गर्दा देशको अवस्था बिग्रिएको उनले बताएका छन्।
  • सामाजिक सञ्जालमा हुने एमालेविरुद्धको दुष्प्रचारको डटेर प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।

काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उरन्ठेउला केटाहरूका कारण देश बर्बादीतिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

Workplace

 

‘जानेकाले गर्ने ठाउँमा यस्ता उरन्ठेउला केटाहरू.. । यसो अहिलेका माननीय भनेका केही नाम यसो सम्झिनुस् त, कस्ता छन् ? ओहो । त्यो भन्दा बढी नभनु,’ ओलीले भने, ‘देश बर्बाद हुँदैछ । एउटा त संविधान मिचियो, संविधानलाई बाटोमा फर्काउनुछ हामीले ।’

विगतको संसद् भंग गरेर असंवैधानिक सरकारले चुनावको नाटक गरेका कारण यस्तो अवस्था आइलागेको उनले बताए । ‘संसद् भंग गरेर एउटा विकृत ढंगले, अनधिकृत ढंगले असंवैधानिक सरकारले चुनावको नाटक गर्‍यो,’ उनले भने ।

अर्को प्रसंगमा ओलीले सामाजिक सञ्जालमा एमालेविरुद्धका प्रचारवाजीको विरोध गर्न कार्यकर्तासँग आग्रह गरे । सामाजिक सञ्जालमा आउने गालीबेइज्जतीको डरले नबोल्दा एमालेले हार्नुपरेको पनि उनले टिप्पणी गरे ।

दुनियाँमा खुकुरी लिएका भरमा भिक्टोरिया क्रस पाउने हामी, ज्यान फालेर लडेर विश्वव्यापी वीर गोर्खाली बन्ने हामी, अनि फेसबुकमा स्टाटस लेखेर हामीलाई हराउने ?,’ ओलीले प्रश्न गरे, ‘अनि फेसबुकको स्टाटसमा छुन नसकेर डिसलाइक पनि गर्न नसक्ने, लाइक पनि गर्न नसक्ने, कमेन्ट पनि गर्न नसक्ने, सेयर पनि गर्न नसक्ने हामी । अनि हार्ने।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?